बिहीबार, असार १० २०७८
काठमाडौं ०३:१९
वासिङटन डिसी 17:34

चैनपुर–ताक्लाकोट नाका खोल्न चीन सरकारसँग वार्ता गर्छु : प्रधानमन्त्री

इनेप्लिज २०७३ मंसिर २ गते १२:१९ मा प्रकाशित

k|wfgdGqL k'iksdn bfxfn… k|r08Ú clvn g]kfn dlxnf ;ª3-qmflGtsf/L_sf] /fli6«o Pstf e]nfnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M k|wfgdGqLsf] ;lrjfno, /f;;

काठमाडौँ, २ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीन सरकारसँग कुराकानी गर्ने बताउनुभएको छ ।

आज बझाङबाट आएको सर्वदलीय टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले नेपाल र चीनबीचको महत्वपूर्ण नाकाको रुपमा रहेको ताक्लाकोट नाका खोल्न पहल गर्ने बताउनुभएको हो ।

प्रतिनिधिमण्डलले उठाएका माग जायज र संवेदनशील रहेको भन्दै उहाँले सम्बन्धित मन्त्रालय र विभागका अधिकारीलाई बोलाएर यसबारे छलफल गर्ने र चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीन सरकारसँग कुरा गर्ने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

सर्वदलीय टोलीले प्रधानमन्त्रीसँग भेट गरी जिल्लाका विकास निर्माण र जनजीविकाका सवालमा ध्यानाकर्षण गराएको हो । सर्वदलीय टोलीले डढुवा रोगका कारण जिल्लाका अधिकांश स्थानमा खाद्यान्न उत्पादनमा ह्रास आएकोतर्फ ध्यानाकर्षण गराउँदै कामका लागि खाद्यान्न कार्यक्रममा बझाङ जिल्ला पनि समावेश गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको थियो ।

टोलीले जिल्ला दैवी प्रकोप उद्धार कोषमा केन्द्रबाट थप बजेटको व्यवस्था गरी दिन पनि प्रधानमन्त्रीसँग आग्रह गरेको थियो ।

प्रतिक्रिया