मंगलबार, असार ८ २०७८
काठमाडौं १०:४२
वासिङटन डिसी 00:57

नेजाद्वारा स्वर्गीय पत्रकार न्यौपानेका परिवारका लागि १० हजार ५ सय ८८ (१०५८८) डलर सहयोग

इनेप्लिज २०७३ मंसिर २ गते ११:५८ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार संघ नेजाले  स्वर्गिय पत्रकार संजय न्यौपानेको छोरा छोरीको शिक्षाका लागि १० हजार ५ सय ८८ डलर सङ्कलन गरेको छ । उक्त सहयोग रकम बैङ्क अफ अमेरिकामा रहेको नेजाको चल्ति खाताबाट नेपाल पत्रकार महासंघको बैङ्क खातामा पठाइएको छ । २०१६ नोभेम्बर १५ सम्म यो रकम सङ्कलन भएको हो । यो रकम स्वर्गिय पत्रकार संजय न्यौपानेको छोरा, छोरीको शिक्षामा खर्च गर्ने गरी नेजाले नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गरेको हो ।
न्यौपानेका छोरा, छोरीको नाममा मुद्दति खाता खोलेर उनीहरूको शिक्षामा मात्रै खर्च गर्ने गरी नेपालको कुनै वाणिज्य बैङ्कमा संकलित रकम राखिनेछ । यो बैङ्क खाताको संरक्षक स्वर्गिय न्यौपानेकी श्रीमती रहनु हुनेछ ।
नेजाले केही दिनअघि नेजा सदस्यसमेत रहनुभएका नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व अध्यक्ष नारायण सापकोटाको संयोजकत्वमा सहयोग सङ्कलन समिति गठन गरेको थियो समितिको सदस्यहरूमा विजय घिमिरे, सुरेशचन्द्र पोखरेल, प्रतिमा वास्कोटा, इश्वरी न्यौपाने र विष्णु शीतल रहनुभएको थियो । संयोजक सहित समितिका सम्पूर्ण सदस्यलाई नेजा धन्यवाद दिन चाहन्छ । सहयोग गर्नेहरुको नामावली नेजाको अफिसियल फेसबुक पेज र वेभसाईटमा राखिनेछ । न्यौपानेको उपचारका लागि सहयोग सङ्कलन सुरु गरिएको थियो । उपचार गर्दा गर्दै उहाँ हामीलाई छोडेर अनन्तमा लिन हुनु भयो । उहाँको उपचारमा सहयोग गर्न नसकेपनि न्यौपानेका छोरा, छोरीको शिक्षामा संकलित सहयोग खर्च गर्ने निर्णय भैसकेको छ । यही अनुरूपको व्यवस्थाका लागि नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टलाई अनुरोध गरिएको छ ।

सहयोगका लागि सबैमा फेरि पनि धन्यवाद ।
तोया दाहाल
महासचिव, नेपाल अमेरिका पत्रकार संघ,नेजा

प्रतिक्रिया