शुक्रबार, असार ११ २०७८
काठमाडौं १५:५३
वासिङटन डिसी 06:08

एमालेको अडानका कारण संविधान संशोधन प्रस्ताव आउन सकेन्

इनेप्लिज २०७३ मंसिर १ गते ७:३९ मा प्रकाशित

prachanda-oliकाठमाडौँ, १ मङ्सिर । प्रमुख दलबीचको गृहकार्य अपुग र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थप १५ दिनको समय दिएपछि व्यवस्थापिका–संसद्मा यही कात्तिक मसान्तभित्र पेस हुने भनिएको संविधान संशोधनको प्रस्ताव केही दिन ढिला हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यही कात्तिक २६ गते सरकारको एक सय दिन पुगेको अवसरमा गर्नुभएको सम्बोधनमा संविधानको सर्वस्वीकार्यताका लागि कात्तिक मसान्तभित्र प्रस्ताव दर्ता हुने बताउनुभएको थियो । संशोधनको माग गरिरहेको मोर्चाले सोमबार ज्ञापनपत्र बुझाउँदै १५ दिनभित्रमा पेस नभए आन्दोलनको चेतावनी दिएपछि समय सरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपाली काँग्रेसका सभापित शेरबहादुर देउवाले पनि केही दिन छलफलका लागि समय माग्नुभएको र मोर्चाले १५ दिन भनेका कारण तत्काल संशोधन विधेयक पेस नहुने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि संशोधनबारे छलफल गर्दै आउनुभएको छ तर एमाले त्यसको आवश्यकता र औचित्य माग गरेको छ । एमालेलाई सहमति ल्याउनकै लागि संविधान संशोधन प्रस्ताव पछाडी सरेको हो ।

 

प्रतिक्रिया