शुक्रबार, असार ४ २०७८
काठमाडौं १७:००
वासिङटन डिसी 07:15

राप्रपा र राप्रपा नेपालले गरे तीन महत्वपूर्ण निर्णय

इनेप्लिज २०७३ मंसिर १ गते ७:२२ मा प्रकाशित

rapa-paकाठमाडौं, १ मंसिर । राप्रपा र राप्रपा नेपालले मंसिर ६ गतेको पार्टी एकता घोषणा कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

काठमाडौंको सुकेधारास्थित राप्रपा नेपालको मुख्यालयमा बुधबार बिहान बसेको राप्रपा र राप्रपा नेपालको कार्यसम्पादन समितिको संयुक्त बैठकले घोषणासभालाई भव्य बनाउने निर्णय गरेको हो ।

राप्रपाका सहप्रवक्ता किरण गिरीका अनुसार दुबै दलका तर्फबाट उल्लेख्य नेता तथा कार्यकर्ताहरूलाई पार्टी एकता घोषणा कार्यक्रममा सहभागी गराउने निर्णय भएको छ ।

राप्रपा र राप्रपा नेपालवीच मंसिर छ गते कमलादीस्थित प्रज्ञा भवनमा विशेष कार्यक्रम हुँदैछ ।

राप्रपा र राप्रपाले मंसिर सात गते दुबै पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र मंसिर ८ गते दुबै पार्टीको केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बोलाउने निर्णय गरेको सहप्रवक्ता गिरीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया