चारवटा ट्रकबस दुर्घटनामा १८ जना घाइते

इनेप्लिज २०७३ मंसिर १ गते ७:०३ मा प्रकाशित

accidentsनवलपरासी, १ मङ्सिर । पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा मङ्गलबार भएको सवारी दुर्घटनामा परी १८ जना घाइते भएका छन् ।

ना ६ ख ३९१८ नम्बरको ट्रक, ना ४ ख ६०८२ नम्बरको बस, लु १ ख ७४३८ नम्बरको बस र यु पी ५७ ५२७८ नम्बरको भारतीय ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो ।

सबै घाइतेको अवस्था सामान्य छ । घाइतेको चितवन भरतपुरस्थित सिएमसि मेडिकल कलेजमा उपचार भइरहेको गैँडाकोट प्रहरीले जनाएको छ ।

लागुऔषध दुव्र्यसन जटिल

यसैबीच, नवलपरासीमा पछिल्लो समय लागुऔषध दुव्र्यसनी र यसको कारोबारको अवस्था निकै जटिल देखिएको छ । जिल्लाको सीमावर्ती खुल्ला नाका भएका कारण लागुऔषध दुव्र्यसनी र यसको कारोबार जटिल अवस्था नवलपरासीमा पनि परेको हो ।

नवलपरासीका प्र्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले पछिल्लो तीन महिनामा लागुऔषधसँग सम्बन्धित २७ वटा मुद्दा दर्ता भएको जानकारी दिनुभयो । जिल्लाको तथ्याङ्कमा हेर्ने हो भने पनि लागुऔषध दुव्र्यसनी र यसको कारोबारको अवस्था विकराल देखिन्छ ।

प्रहरी उपरीक्षक चौधरीले लागुऔषधको प्रयोगकर्ता भन्दा पनि त्यसको कारोबारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नवलपरासीमा लागुऔषधको प्रयोग र कारोबारको सवालमा जिल्लामा यसको सञ्जाल बढ्दो छ ।

प्रतिक्रिया