शुक्रबार, असार ११ २०७८
काठमाडौं ०९:४५
वासिङटन डिसी 00:00

नेपाली चेली बिमला तामाडलाई अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा स्वर्ण पदक

इनेप्लिज २०७३ कार्तिक ३० गते २३:४८ मा प्रकाशित

img_3083

न्ययोर्क, गत नोभेम्बर १२ र १३ तारिख न्ययोर्कमा सम्पन्न भएको फिका अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपाल कि बिमला तामाडले स्वर्ण पदक हात पारेकी छिन् l उनको यो जित संगै नेपाल र नेपालीको नाम विश्वभर फैलाउन सफल भएकी छिन् l १७ औ एसियाडमा करातेको तर्फवाट एक मात्र रजत पदक जितेर नेपाललाई पदक विहिन हुन् वाट जोगाएकि कराते खेलाडी बिमला तामाडले स्वर्ण पदक हासिल गरेकि छिन् l

उक्त प्रतियोगितामा अमेरिकाको विभिन्न राज्यहरु लगायत नेपाल ,पुरटोरिको ,ईक्वेडर मेक्सिको तथा डोमिनिकन देशहरुका करिब ३५० भन्दा वढी खेलाडीहरुको सहभागिता रहेको थियो ।

यसै गरि अमेरिका कराते महासंघद्धारा मान्यता प्राप्त उक्त च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय मार्शलआर्टस एशोसियशन न्यूयोर्कको ३ जना खेलाडीहरु क्रमशः नेभिन लामा, एन्डी सी र क्रिश लामा को सहभागीता रहेको थियो । जस मध्ये क्रिश लामाले ८ देखि ९ वर्ष उमेर समहमा रजत पदक जित्न सफल भएका छन ।

img_3071

विश्व कराते महासंघका निर्णायक सेन्सी क्लिभ वेक्सटरको प्रमख निर्देशनमा संचालित प्रतियोगीताको च्याम्पियनसिपमा अमेरिका र अमेरिकी कराते महासंघ अन्तर्गत निर्णायक तथा निर्णायकहरु सहभागि रहेका थिए ।

जस मध्ये च्याम्पियनसिपम नेपाली मुलका इन्टरनेश्नल मार्शल आर्ट एसोसिएसन न्यूयोर्कका प्रमख प्रशिक्षक शान्त थोकर, सहायक प्रशिक्षक पर्खि राई र अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक सुनिल लामाले रेफ्री तथा निर्णायकको भूमिका निर्बाह गरेका थिए ।

img_3076

प्रतिक्रिया