आइतबार, असार ६ २०७८
काठमाडौं ०२:४१
वासिङटन डिसी 16:56

FIKA International Open Karate Championship मा नेपालका बिमला तामाडले स्वर्ण जितिन ।

इनेप्लिज २०७३ मंसिर १ गते ०:०० मा प्रकाशित

img_3076

न्ययोर्क, नोभेम्बर १२ र १३ तारेख न्ययोर्कको ] Queens  कलेजमा सम्पन्न भएको  FIKA International Open Karate Championship मा नेपालका बिमला तामाड.ले स्वर्ण पदक जितेर राष्ट्रको नाम विश्वभर फैलाउन सफल भएका छन ।

img_3085
17th Asian games,Incheon (१७औ एशियाडमा) कराते को तर्फवाट एक मात्र पदक, रजत पदक जितेर नेपाललाई पदक विहिन देश हन वाट जोगाएका कराते खेलाडी बिमला तामाड.ले फेरी पनि स्वर्ण पदक जितेर देशको नाम उच राख्न सफल भएका छन।

img_3091

न्ययोर्कको Queens College  जिम हलमा सम्पन्न उक्त प्रतियोगितामा अमेरिकाको विभिन्न राज्यहरु लगायत Nepal, Puerto-Rico, Ecuador, Mexico, Dominican     देशहरुको, ३५० भन्दा वढी खेलाडीहरुको सहभागिता रहेको थियो ।

img_3083

अमेरिका कराते महासंघद्धारा मान्यता प्राप्त उक्त च्याम्पियनसिपमा इन्टरनेशनल मार्शलआर्टस एशोसियशन न्यूयोर्कको ३ जना खेलाडीहरु क्रमशः नेभिन लामा, एन्डी सी र क्रिश लामा को सहभागीता रहेको थियो । जस मध्ये क्रिश लामाले ८ देखि ९ वर्ष उमेर समहमा रजत पदक जित्न सफल भएका छन ।

img_3071

विश्व कराते महासंघका रेफ्री सेन्सी क्लिभ वेक्सटरको प्रमख निर्देशनमा संचालित च्याम्पियनसिपमा पान अमेरिका र अमेरिकी कराते महासंघ अन्तर्गतका रेफ्री तथा निर्णायकहरु सहभागि थिए । जस मध्ये च्याम्पियनसिपमा  नेपाली मुलका इन्टरनेशनल  मार्शल आर्ट एसोसिएसन न्यूयोर्कका प्रमुख  प्रशिक्षक शान्त थोकर, सहायक प्रशिक्षक पर्खि राई र अन्तरास्ट्रिय  खेलाडी तथा प्रशिक्षक सुनिल लामा  (Sunil Lama) ले रेफ्री तथा जजको भमिका निर्बाह गरेका थिए ।

img_3068 img_3064 img_3063 img_3083

प्रतिक्रिया