बेलायतमा ‘पप्पी डे’ मनाइयो

इनेप्लिज २०७३ कार्तिक ३० गते २३:२५ मा प्रकाशित
puppy-day
लन्डन, १५ नोभेम्बर, २०१६
           प्रथम र दोस्रो विश्व युद्धमा वीरगती प्राप्त सिपाहीहरुको सम्झनामा बेलायतको वाट्फोर्ड सहरमा ‘रिमेम्बरेन्स डे’ अर्थात स्मृति दिवस मनाइयो । ‘पप्पी डे’ पनि भनिने उक्त दिनलाई प्रथम विश्व युद्ध बन्द भएको दिन नोभेम्बर ११ तारिख हरेक वर्ष मनाईन्छ । वाट्फोर्डमा उक्त दिवस यस पटक स्थानिय टाउन हलमा मनाइयो । युद्धमा शहादत भएका वीर सिपाहीहरुलाई सम्झदै ऐतिहासिक धुन ‘फ्लावर अफ द फरेस्ट’ र ‘व्हेन द वेटल इज ओभर’ बजाएर शीर झुकाई श्रद्धासुमन अर्पण गरिन्छ ।
puppy-day3
       वाट्फोर्डमा बसोबास गर्ने बेलायती सेनाका भुतपूर्व गोर्खा सैनिकहरुको पनि उक्त कार्यक्रममा सहभागिता थियो । कार्यक्रममा भूपू गोर्खा सेनाका अफिसर बसन्त कुमार लुइँटेल लगायत मुकुन्द गुरुङ, याम बहादुर गुरुङ लगायत थुप्रै भूपू गोर्खा सैनिक र तिनका परिवारको उपस्थिति थियो ।
puppy-day1
              प्रथम र दोस्रो विश्व युद्धमा नेपाल प्रत्यक्षरुपमा संलग्न नभए पनि बेलायतको सैनिक सेवामा भर्ति भएका हजारौं नेपालीको ज्यान गएको थियो भने कैयौं अंगभंग भएका थिए । युद्धमा बहादुरी गरे बापत बेलायती सेनालाई दिइने सबै भन्दा सम्मानित पदक ‘भिक्टोरिया क्रस’ १३ जना गोर्खा सैनिकहरुले पाइसकेका छन् ।
puppy-day-4

प्रतिक्रिया