शुक्रबार, असार ११ २०७८
काठमाडौं १६:२८
वासिङटन डिसी 06:43

राष्ट्रिय खेलकुद तथा बृहत ब्यापार महोत्सब मंसिर २ गते देखि १३ गते सम्म हेटौडामा

इनेप्लिज २०७३ कार्तिक ३० गते १२:५४ मा प्रकाशित

15109551_160251834443530_1464529237745561319_n

 

हेटौडा : मंसिर २ गते देखि मंसिर १३ गते सम्म हेटौडाको भुटनदेबि पार्क टि सी एन चौरमा राष्ट्रिय खेलकुद तथा बृहत ब्यापार महोत्सब हुदैछ l सुमन भोम्जन खेलकुद स्मृति प्रतिस्ठान तथा औधोगिक शान्ति नेपालको संयुक्त आयोजनामा हुन लागेको राष्ट्रिय खेलकुद तथा बृहत ब्यापार महोत्सबमा विभिन्न खेलखुद तथा हेटौडा गट ट्यालेन्ट पनि हुने भएको छ l खेलकुदमा ४ वटा खेलकुद समाबेश हुने भएको छ जसमा म्याराथन, कराते, शारीरिक सुगठन प्रतियोगिता, कबड्डी,अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता तथा सशस्त्र प्रहरी र ढोरपाटन क्लब बीच मैत्रीपूर्ण भलिबल खेल समेत रहने खेलकुद ब्यबस्थापन उपसमिति संयोजक सबिन भट्टाचार्यले दिए l
लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको औधोगिक शान्ति नेपाल सस्था र विभिन्न सामाजिक कार्य गर्दै आएको र अन्त राष्ट्रिय गोल्ड कप २०७२ समेत आयोजाना गरेको सुमन भोम्जन स्मृति खेलकुद प्रतिस्ठानले राष्ट्रिय खेलकुद तथा बृहत ब्यापार महोत्सब २०७३ आयोजना गर्न लागेको हो l हेटौडा आफैमा एक औधोगिक क्षेत्र, धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले हेटौडाको आन्तरिक तथा बाह्य पर्यटनमा बृदी गरि आर्थिक रुपले मजबुत बनाउने र हेटौडालाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले दिए l
उक्त मेलामा ३ सय ५० भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरु मा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश शुल्क रु ३० र २० रहेको जानकारी पनि ब्यबस्थापन कमिटीले गराएको छ l
राष्ट्रिय खेलकुद तथा बृहत ब्यापार महोत्सब २०७३ मा करिब ५ देखि ७ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेला मा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकार हरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्सन गर्ने र उपस्थित भिड लाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरु को लागि हेटौडा मा नै पहिलो पटक छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चांद तारा टोरा टोरा तथा जादु नगिन र अन्य खेल सामग्री र राउटे जाति संग प्रत्यक्ष कुराकानी गर्ने अवसर समेत रहेको जानकारी सुमन भोम्जन स्मृति खेलकुद प्रतिस्ठानका अधक्ष्य तथा महोत्सब मुल समारोहका संयोजक भेष खड्गीले गराए साथै मेला अबलोकन गर्नको लागि दुइ वटा प्रवेश द्वार रहेको १ नम्बर प्रवेश द्वार बस पार्क टि सी एन रोड हुदै हेटौडा आखा अस्पतालको पछाडी रहेको र अर्को २ नम्बर प्रवेश द्वार भुटन्देबि मन्दिर जाने बाटो बिधुत प्राधिकरण संगै रहेको जानकारी सुमन भोम्जन स्मृति खेलकुद प्रतिस्ठानका महा सचिब सबिन न्यौपाने ले गराए l उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न हेटौडा तथा सम्पूर्ण नेपाली समुदायलाइ उहाले आव्हान गरेका छन् l

प्रतिक्रिया