सोमबार, जेठ ३१ २०७८
काठमाडौं ००:१०
वासिङटन डिसी 14:25

लोकतन्त्रमा विचार प्रकट गर्न सबै स्वतन्त्र छन्स : भामुख घर्ती

इनेप्लिज २०७३ कार्तिक ३० गते १२:४५ मा प्रकाशित

savamukhकाठमाडौँ, ३० कात्तिक । सभामुख ओनसरी घर्तीले लोकतन्त्रमा आफ्नो विचार प्रकट गर्न सबै स्वतन्त्र भएको बताउनुभएको छ ।

राष्ट्रिय ख्रीस्टियन महासङ्घ नेपालको ज्ञापनपत्र बुझ्दै आज सभामुख घर्तीले संविधानले धर्मनिरपेक्षताको व्यवस्था गरेकाले सबैले आफ्नो हक अधिकारका लागि संविधानप्रति विश्वास गर्नुपर्ने बताउनुभयो ।

संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “व्यवस्थापिका–संसद्को प्रमुखको हौसियतले विधि विधान र ऐन कानुन निर्माण गर्ने मेरो कर्तव्य हो । ऐन कानुनमा निर्माण गर्ने व्यवस्थाको बारेमा संविधान र संसदको नियमावलीको अधिनमा रही सहयोग गर्ने कुरामा म प्रतिबद्धता छु ।”

कार्र्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष सिबी गहतराजले संविधानमा भएको धर्मनिरपेक्षतासम्बन्धी व्यवस्था व्यवहारमा लागू हुनुपर्ने बताउँदै सबै धर्म, समुदाय, जातजातिले समान रुपमा आफ्नो धर्म संस्कृति मान्न पाउनुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया