महिलाको नाममा जग्गा रजिष्ट्रेसन गर्ने क्रम बढ्दो

इनेप्लिज २०७३ कार्तिक २९ गते ८:१० मा प्रकाशित

रसुवा, २९ कात्तिक । सरकारले राजस्वमा छुट दिने नीति लिएपछि ग्रामीण क्षेत्रमा महिलाका नाममा जग्गा रजिष्ट्रेसन पास गर्ने कार्य क्रमशः बढ्दै गएको छ ।

मालपोत अधिकृत फणीन्द्र दाहालका अनुसार गत वर्ष धुन्चे गाविसमा ३२४ महिलाले जग्गाको स्वामित्व प्राप्त गरी जग्गाधनी प्रमाण पुर्जा तयार भएको र पासका लागि आफ्नो श्रीमान्हरुले मालपोत कार्यालयमा श्रीमती लिई आउने बानीको विकास बढ्दै गएको छ ।

पुरुषको नाममा मात्र जग्गाधनी प्रमाण पुर्जा बनाउनु पर्छ भन्ने पुरानो संस्कारलाई अन्त्य गर्दै भावी पुस्ताले श्रीमतीको नाममा स्वामित्व प्रधान गर्न थालेको बताउँदै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले महिलाप्रति सकारात्मक भावले अगाढि बढी अब सबै प्रकारका जग्गा जमिन महिलाको नाममा कायम हुँदै जाने अपेक्षा गरिएको बताउनुभयो ।

जग्गा रजिष्ट्रेसन पास गर्दा महिलालाई राजस्वमा छुट दिन थालेपछि रसुवा जिल्लामा जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्ने महिलाको सङ्ख्या तीन हजारको हाराहारीमा पुगेको बताइएको छ ।

प्रतिक्रिया