मंगलबार, असार ८ २०७८
काठमाडौं ०९:५०
वासिङटन डिसी 00:05

Nepali Rhinos, लाई फाइनल खेलमा जीतको लागि शुभकामना..!!

इनेप्लिज २०७३ कार्तिक २८ गते १६:३४ मा प्रकाशित

picsart_11-13-07-51-59

क्रिकेट खेलका बिश्व बिख्यात् पाकिस्तानी स्टार खेलाडीहरु अब्दुल रज्जाक, सईद अजमल, कामरान अकमल, असद अलि, फवाद खान, राना नाबेद उल हसन, वेस्ट इन्डिज क्रिकेटर रिकार्डो पावेल युएई क्रिकेट टिम कप्तान खुर्रम खान सहित युएई टिमका साथै वेस्ट इन्डिज, इंग्ल्यान्ड, भारतका समेत अन्तर्राष्ट्रिय चर्चित क्रिकेटरहरुको सहभागितामा टेक्ससको मुसा क्रिकेट स्टेडीयम, ह्युस्टनमा संचालन भइ रहेको 2X Cricket, USA Cup 2016 मा आफ्ना सबै खेलहरुमा उत्कृष्ट प्रदर्शन संगै सबैमा जीत हात पार्दै नेपाली राष्ट्रिय क्रिकेट स्टार खेलाडीहरु कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल लगायत सिद्धान्त लोहनी, बसन्त रेग्मी, सुबास खकुरेल, सोमपाल कामि, शरद भेसावकर सहितको नेपाली राइनोज क्रिकेट क्लब फाइनलमा पुग्न सफल भएको छ।

आज बिहान यहाँको स्थानीय समय १०:०० बजे शुरु हुने बताईएको अन्तिम फाइनल खेलमा नेपाली टोलीले स्थानीय अमेरिकी क्रिकेट क्लव ह्युस्टन स्पार्कससंग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको बिजेताले “६२ हजार डलर” र उपविजेता टिमले “१९,००० डलर” सहित आकर्षक पुरस्कार पाउने छ l

अमेरिका बसोबास गर्ने पुर्ब यु-१९/१७ रास्ट्रिय क्रिकेटर सागर पन्त, रास्ट्रिय स्तरका खेलाडी राकेश कर्ण, हाल वासिंगटन क्रिकेट लिग खेल्दै गरेका आसिक लामा, पुर्ब यु-१९ रास्ट्रिय क्रिकेटर बरदान चालिसे, हाल इलेक्ट्रिकल इन्जिनियरिंगका बिद्यार्थी नेपाली क्रिकेटका प्राणप्रिय समर्थक उत्सब सिग्देल तथा साथीहरू सहितको कार्यसमिति सदस्य रहेको नेपाली राइनोज क्रिकेट क्लबले प्रतियोगिताको सम्पूर्ण जिम्मेवारी सम्हालीरहेको छ l उहाँहरुकै करिब ४ महिना देखिको अथक प्रयासमा करिव २ महिना अघि मात्रै स्थापना भएको नेपाली क्रिकेटको प्रगति र विकास चाहने अमेरिका नेपाली युवा क्रिकेटर तथा क्रिकेट प्रेमीहरुले स्थापना गरेको संस्था नेपाली राइनोज क्रिकेट क्लबको अग्रसरताले मात्रै आज यो अवसर सम्भब भएको हो l

नेपाली रास्ट्रिय खेलाडीहरुको संस्था क्रिकेट खेलाडी संघ नेपाल र नेपाल राइनोज क्रिकेट क्लब मिलेर खेलाडीको उपचारको लागि “घाईते उपचार कोष” खडा गर्ने, प्रत्येक बर्ष रास्ट्रिय क्रिकेटरहरुलाई अमेरिका ल्याई विभिन्न प्रतियोगिताहरुमा सहभागी गराउने तथा नेपाली क्रिकेट खेल र खेलाडीहरुको स्तर वृद्धिको लागि बिशेष कार्यक्रम ल्याउने नै क्लवले मुख्य उद्देश्यले लिएको छ l

नेपाली राईनोज क्लवका सम्पुर्ण साथीहरुको साथ सहयोग र समर्पणले नै आज यो सम्भव भएको छ र नेपाली क्रिकेटले अमेरिकी भुमीमा आज नयाँ इतिहास कोर्न सफल भएको छ जसको हामी हृदय देखि ने सम्मान गर्दछौं र तपाईंहरुको हरेक पाईलाहरुले सफलताको शिखर सधैं चढिरहुन भन्ने कामना गर्दै सम्पुर्ण नेपालीजनहरुको तर्फबाट आज हुन गईरहेको फाइनल खेलमा सतप्रतिशत जीतको लागि टिम नेपाललाई हार्दिक शुभकामना !!!!!

जय जय होस नेपाली क्रिकेटको अनि सम्पुर्ण खेलाडीहरुको..जय जय जय नेपाल !!

– श्रीजन ताम्राकार
© मेरिल्याण्डका हामी नेपाली, 2016

प्रतिक्रिया