अमेरिकामा हरिबंश आचार्यले यसरि मनाए जन्मदिन

इनेप्लिज २०७३ कार्तिक २८ गते १३:३५ मा प्रकाशित

img_6276

नेपालका ख्याती प्राप्त हास्य व्यंग्य कलाकार हरिबंश आचार्यले अमेरिकाको मेरिल्याण्डमा आफ्नो जन्म दिवस मनाएका छन् l उनले गत नोवेम्बर १२ तारिख नेपा: पासा पुच अमेरिकाए (एनपीपीए)को रजत जयन्ति समारोह समापन पछि स्वयम् सेवक सम्मान कार्यक्रम बीच मनाएका हुन् l

आचार्यले जन्म दिवसमा केक काटी मनाए भने उनले आयोजक एनपीपीए लाई बिशेष धन्यबाद दिए l उनले अमेरिका भनेको आफ्नो लागी दोश्रो घर जस्तै लागेको बताए l र ,आफु ३ महिना अगाडी मात्र छोराको बिबाह गर्न अमेरिका आएको बताएका थिए l उनले अगाडी भने अमेरिकामा जन्मेका बालबालिका अब अमेरिकाको राष्ट्रपति बन्न सक्ने अवसर पाउने छन् l तर नेपालमा समाचारमा सुन्न आए अनुसार छिमेकि राष्ट्र भारतमा जन्मेकालाई पनि त्यस्तो पदमा बन्न पाउने कुरा चलेकोले त्यो कुरा कदापी नहुने आफ्नो विचार राखे l उनको जन्म दिवसमा छोरा ,बुहारी ,श्रीमती रमिला आचार्य ,सम्धी तथा सम्धिनी समेतको उपस्थिति रहेको थियो l

img_6268

सबैले आचार्यको जन्म दिवसमा कर्तल ध्वनि दिदै शुभकामना दिएका थिए l त्यसै अवसरमा मदन कृष्ण श्रेष्ठले कलाकारको जन्म दिवस को कहाँ मनाउने भन्ने ठेगाना नहुने बताए l श्रेष्ठले आफ्नो जन्म दिवस स्पेन ,बेलायत, उत्तर कोरिया तथा आकाश मै मनाएको रोचक प्रशंग सुनाएका थिए l उनले नेवारी गीत समेत गाउदै एनपीपीएको कार्यक्रम सोचे भन्दा एक सय गुणा राम्रो लागेको बताएका थिए l

उक्त संस्थाका संस्थापक सभापति राम मालाकार बोल्ने क्रममा भक्कानिएका थिए l भाबुक हुदा हुदै भाव बिभोर भएका थिए l उनले रोपेको बिउ यति ठुलो र यहाँ सम्म कैयौ खुड्किला पार गर्दै यो अवस्थामा आई पुगेकोमा उनले मन थाम्न नसकी रोएका थिए l

img_6209

२५ बर्ष पुगेको उपलक्ष्यमा मह जोडी(मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य )लाई उक्त डीसी महानगर क्षेत्रमा २५ बर्ष अगाडी स्थापना भएको प्रसिद्ध नेवा समुदायको संस्थाले झिकाएको थियो l मह जोडीको बिशेष कार्यक्रमको लागि डीसी महानगर क्षेत्रका नेपाली समुदायले कलाकारलाई देखाएको सहभागिता उत्साहजनकको साथै खचाखच भिड रहेको थियो l

स्वयम् सेवक समारोहमा सबैलाई प्रमाण पत्र द्वारा सम्मान गरिनु को साथै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो l रजत जयन्तको अवसरमा एनपीपीए कार्यक्रमको लागि मात्र बिशेष प्रस्तुति बोकेर अमेरिका आएका मह जोडी (मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य )ले ३ वटा प्रस्तुति गरेका थिए l

img_6224

कार्यक्रममा सभापति सरोज प्रजापतिले ऐतिहा सिक सफलता बनाउने सबैलाई मुक्त कण्ठ ले प्रशंसा गरेकी थिइन् भने मह जोडीलाई बिशेष धन्यवाद दिएकी थिइन् l र प्रजापतिले आफुले यस भेकमा यस्तो कार्यक्रम अमेरिकामा बसेको ३ दशक मा पहिलो पटक अनुभव गर्न पाएको बताइन l

img_6233

img_6348 fullsizerender-1 fullsizerender img_6338 img_6339 img_6345 img_6347

img_6265 img_6168 img_6296 img_6287 img_6285 img_6283

img_6172 img_6206 img_6194 img_6181 img_6183 img_6306 img_6303 img_6277 img_6281 img_6262 img_6266 img_6256 img_6255 img_6249 img_6244 img_6248 img_6215 img_6220 img_6193 img_6194 img_6226

प्रतिक्रिया