बिहीबार, असार १० २०७८
काठमाडौं ००:०९
वासिङटन डिसी 14:24

नयाँ भारतीय नोटमा नेपाली भाषाको प्रयोग

इनेप्लिज २०७३ कार्तिक २८ गते १३:०९ मा प्रकाशित

2000-rsकाठमाडौं, २८ कात्तिक । पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएको भारत सरकारले दुई हजारको नयाँ नोटमा नेपाली भाषा प्रयोग गरेको पाइएको छ ।

बजारमा आउन लागेको दुई हजारको नयाँ नोटमा नेपाली भाषा पनि उल्लेख गरिएपछि यसमा धेरैले चासो दिएका छन् । यो नोटको नेपालमा पनि चर्चा भइरहेको छ । धेरैले नेपाली फकाउने नरेन्द्र मोदीको अर्काे कुटनीति भनेका छन् ।

भारतीय मिडिया सत्याग्रहका अनुसार २ हजार भारुको नयाँ नोटको पछिल्लो भागमा १५ भाषामा लेखिएको छ, जसमा ‘दुई हजार रुपैयाँ’ पनि लेखिएको छ ।

नयाँ नोटमा भारतमा बोलिने प्रमुख भाषाहरु पनि राखिएको द क्वीजले जनाएको छ । जसमा नेपाली पनि परेको हो । भारतमा पनि नेपाली भाषी नागरिकहरु छन् र भारतको संविधानको अनुसूचिमा समेत नेपाली भाषा समेटिएको छ ।

 

प्रतिक्रिया