नेपाल तरुण दलको चुनाबमा बिधि र पद्दतिलाई बन्धक बनाइदैछ – नेत्री सरस्वति शाह

इनेप्लिज २०७३ कार्तिक २८ गते १०:२३ मा प्रकाशित

14446019_528122514065435_2823437040309973389_n

पोखरा : पोखरामा जारी तरुण दलको महाधिवेशनमा कांग्रेस भित्र रहँदै आएको पारिवारिक विरासतलाई स्थापित गर्ने गरी उपयोग गर्न लागिएको कुरा बाहिर  आएको छ ।तरुण नेत्री सरस्वति शाह भन्छिन  बिगत पन्ध्र सोह्र  बर्ष देखि तरुण दलमा लगेर संगठन मजबुत बनाउन र तरुण दललाई एकत्रित गरेर अहिलेकोठाउ सम्म ल्याउन योगदान  गर्ने हरुको  कुनै पनि कदर नगरी कनिष्ठ र नेताहरुको आफ्नो घनिष्ट आफन्त र नातेदार व्यक्तिहरुलाई मात्र भाग बण्डा  गरि पदबाडफ़ाट गर्न लागेकोमा तरुण दलका कार्यकर्ताहरु आक्रोशित तथा रुष्ट बनेका छ l

कांग्रेसको राजनीतिमा महत्वपूर्ण अर्थ लाग्ने कोइराला परिवार र सिंह परिवार पछिल्लो पुस्तालाई औपचारिक रुपमा राजनीतिमा प्रवेश गराउने योजना छ ।अध्यक्षमा सभापति शेरबहादुर देउवा पक्षका जीतजंग बस्तेन निस्चित जस्दै देखिएका छन् । उपसभापतिमा वीपी कोइरालाका नाती सिद्धार्थ कोइरालालाईस्थापित गराउने प्रयास भइरहेको छ । १३ औं महाधिवेशनमा पार्टीको महाधिवेशन प्रतिनिधि बनेका सिद्धार्थ प्रकाश कोइरालाको छोरा र चर्चित अभिनेत्रीमनिषा कोइरालाको भाइ हुन । सिद्धार्थलाई कांग्रेस भित्रको कान्छो समुह सिटौला समुहको समर्थन देखिए पनि कोइराला परिवारका प्रभावशालि सदस्य रवरिष्ठ नेता रामचन्द्र पौडेल समुहको समेत सर्मथन हुने देखिन्छ ।

कांग्रेस भित्र कै अर्को पारिवारिक विरासत सिंह परिवारबाट गणेशमान सिंहका नाती एंव प्रकाशमान सिंहका छोरा प्रवासमान सिंहलाई केन्द्रीय सदस्य बनाउने  तयारी छ । तरुण दलको केन्द्रीय समितिबाट दुई शिर्ष नेताका सन्तानलाई राजनीतिमा प्रवेश गराई फास्ट ट्रयाकबाट स्थापित गर्ने योजना प्रष्ट छ । वर्षौ देखीसंगठनमा काम गरेका कार्यकर्तालाई पाखा लगाई नेताको सन्ततीलाई राजनीतिमा स्थापित गर्ने योजना अनुरुप तरुण दलको पोखरा महाधिवेशनलाई उपयोगगरिएको छ ।

यतिबेला पोखरामा कांग्रेसको शिर्ष नेतृत्व आ–आफ्नो पक्षलाई केन्द्रीय सदस्यमा ल्याउन कसरत गरिरहेको छ । सभापति देउवा पक्ष र वरिष्ठ नेता पौडेल पक्षनिर्वाचन नगरी भागबण्डाको आधारमा अघि बढ्ने तयारीमा छन् । एक्लिएको सिटौला पक्ष सम्मानजनक उपस्थितिको खोजीमा छ ।

नेत्री शाह आफ्नो फेसबुकमा यसरि आक्रोश पोख्छिन :

नेपाल तरुण दलको चौंथौ महाधिबेसन पोखरामा भैरहेको छ तर साथीहरु यहाँ कनिष्ट र घनिष्टलाई प्राथमिकता दिंदै गर्दा विधी र पद्वतीलाई बन्धक बनाईनेकाम हुँदैछ प्रतिनिधीहरुलाई आफ्नो नेतृत्त्व चयन् गर्न पाउनु पर्ने अधिकारबाट पनि बन्चित बनाइदै छ यहाँ १५/१६ बर्ष तरुण दल मा काम गरेर संगठन गरेरपनि हामीलाई चुनाबमा प्रतिश्प्रधि हुनबाट बन्चित बनाइएको छ l  के यहि हो लोकतन्त्र ? भन्दा पनि मन पोलिराको छ l

15086179_10209685577208664_1538092731_n

प्रतिक्रिया