अफगानिस्तानमा आत्मघाती बिस्फोटन ४ को मृत्य

इनेप्लिज २०७३ कार्तिक २७ गते १९:३६ मा प्रकाशित

images

काबुल,कार्तिक २७, २०७३ ।  काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलोमिटर उतरी क्षेत्रमा पर्ने पारवन प्रान्तस्थित अमेरीकन एयर वेस बागराममा सनिवार विहान ५:३० बजे तालिवान विद्रोह समुहका आत्मघातीले बम विस्फोटन गराउदा ४ जनाको मृत्यु भएको छ ।
अफगानिस्तानमा रहेको अमेरीकन सैनिकहरुको सवै भन्दा ठुलो क्षेत्रफलमा रहेका एयर फिल्ड वेस क्याम्प हो ।  बागराम वेस क्याम्पमा रहेका एरोमेड चिकित्सकहरुले च्यारेटी ‘रमाईलो दौड’ नामक प्रतियोगीता आयोजन गर्न लागेको अवस्थामा आत्मघातीले विस्फोटन गराएको नेटो सुरक्षा अधिकृतले जनाएका छन् । उक्त विस्फोटनमा ४ जनाको ज्यान गएको छ भने १४ जना गम्भिर घाईते भएको एयरवेस बागरामका सुचना विभागले जनाएको छ । 

bagram-air-base-story-top

 

उक्त प्रान्तका प्रवक्ता वाहिद सादिकीका अनुसार आत्मघाती सोहि एयर फिल्ड वेस क्याम्पमा कार्यरत थिए । आत्मघातीले अमेरीकन सैनिकहरुले खानपिन गर्ने स्थान नजिकै विस्फोटन गराएको उनले बताए । 

bagram-airbase
 
यसै महिनाको सुरुमा अमेरिकासँग आबद्ध हवाई आक्रमणमा परी कुन्दुज प्रान्तमा ३२ भन्दाबढी विद्रोह समुहको मृत्यु भएको बदलामा उक्त आक्रमण गराइएको तालिवान समूहका प्रवक्ता जविहुल्लाह मुजाहिदले दाबी गरेको छ । गत शुक्रवार बाल्ख प्रान्तस्थित मजार–ए–सरिफमा जर्मन महावाणिज्य दूतावासलाई लक्ष्य गरी गराइएको आत्मघाती बम आक्रमणमा ६ जनाको मृत्यु भएको र १ सय २० जना घाइते भएका स्थानीय सुरक्षा अधिकारीले जनाएका छन् । दुवै घटनाको योजना ४ महिना अघि गरेको उनले सार्वजनिक गरेका छन् ।
bagram1
 
आक्रमणमा परी मारिएका नेटो सुरक्षा सैनिकहरुको नाम भने

सार्वजनिक गरिएको छैन । घाइते सबै १४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यतिखेर नेटो सुरक्षामा खटिरहेका सेकेन्ड बटालियन द रोयल गोर्खा राईफल्सका एक सैनिक अधिकृतले भने आत्मघाती बम आक्रमणमा गोर्खा बटालियनका सैनिकहरु उक्त घटनामा नपरेको जानकारी दिएका छन् । 

अमेरीकन सुरक्षा फौज तथा नेटो सुरक्षाकालागि खटिएका अमेरीकन कमान्डर जेनेरल जोन निकोल्शनले भने– युद्धभूमिमा आफनो सहकर्मी गुमाउनुको पिडाले गहिरो चोट पुगेको छ ।’ उनले भने ज्यान गुमाएका परीवार,ईष्ट्रमित्र र साथिभाईहरुमा भगवानले धैर्य धारण गर्ने शक्ति दियोस ।

प्रतिक्रिया