बिहीबार, असार १० २०७८
काठमाडौं ००:५८
वासिङटन डिसी 15:13

प्रधानमन्त्री दाहालसँग भारतीय स्थल सेनाध्यक्षको भेट

इनेप्लिज २०७३ कार्तिक २७ गते १२:०२ मा प्रकाशित

bhatकाठमाडौँ, २७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंह सुहागले आज भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्रीले भारतीय सेनापतिलाई स्वागत गर्दै हालैको आफ्नो भारत भ्रमण, गोवाको ब्रिक्स–बिमिस्टेक सम्मेलनमा सहभागिता र भारतीय राष्ट्रपति प्रणव मूखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले नेपाल संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पपछिको पूनःर्निर्माणसहित आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेकोे पनि बताउनुभयो ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणमा तीनदिने नेपाल भ्रमणमा शुक्रबार आउनुभएका सुहागले प्रधानमन्त्रीसँगको भेटमा नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्ध थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

भारतीय सेनाबाट सेवानिवृत्त नेपालीको पेन्सन लिने व्यवस्थालाई थप सहज बनाउन बुटवलमा नयाँ कार्यालयको स्थापना गर्न लागिएको उहाँले प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया