उत्तरपुस्तिका बोकेको गाडी तोडफोड

इनेप्लिज २०७३ कार्तिक २७ गते १२:०० मा प्रकाशित

चितवन, २७ कात्तिक । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको बिएस्सी एजीको प्रवेश परीक्षाको उत्तरपुस्तिका लिएर भरतपुरबाट रामपुर जाँदै गरेको गाडी तोडफोड भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार विश्वविद्यालयको बा १० च ९३४५ नंको उत्तरपुस्तिका बोकेको उक्त गाडी विश्वविद्यालय नजिक दिउँसो २ बजे अज्ञात समूहले तोडफोड गरेको हो ।

चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार ढुङ्गा प्रहारबाट गाडीको सिसा फुटेको छ । घटनापछि अनुसन्धानका लागि १० जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको श्रेष्ठले बताउनुभयो । उत्तरपुस्तिका सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । कसले किन तोडफोड गरेको हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया