बिहीबार, कार्तिक १ २०७५
काठमाडौं ०४:०८
वासिङटन डिसी 18:23

क्यालिफोर्नियाका पूर्व पर्यटनदुत पाण्डे द्वारा २०१८ सालमा शहिद भएका मोक्तानकि पत्नीलाई पचास हजार प्रदान

इनेप्लिज २०७३ कार्तिक २७ गते १:४१ मा प्रकाशित

anil-pandey-1

अमेरिकाको क्यालिफोर्नियाका लागि नेपाल पर्यटन बोर्डका पूर्व पर्यटनदुत अनिल पाण्डेले कार्तिक २६ गते बिहान पशुपति मन्दिर बन्काली स्थित गणेश स्थानको मन्दिरमा गै शहिद बलमान मोक्तान कि पत्नीलाई भेटि ५० हजार आर्थिक सहयोग गरेका छन् l

२००७ साल को क्रान्ति पछि नै बहुदलीय पुनर्स्थापनको मरी मेट्ने नेपाली कांग्रेसका सशक्त योद्धा शहिद बलमान मोक्तानकि धर्म पत्नी १ सय १ बर्षिय बृद्धा लक्ष्मीमाया माेक्तानलाई उनका छोरा कंसलाल मोक्तान समक्ष पाण्डेले नगद रकम दिएका हुन् l

२०१७ सालमा स्व राजा महेन्द्रले प्रजातन्त्रको घाटी निमोठे पछि बलमान मोक्तान गिरफ्तार भए l र २०१८ सालमा मोक्तानको गैर न्यायिक हत्या भयो l नेपाल बिशेष कामले गएको बेलामा कान्तिपुर बाट संचालित सुमन संग भन्ने कार्यक्रम हेरे पछि मन थाम्न नसकी शहिदको सपनाको आसुको केही थोपा पुछ्नु पाउनु मेरो ठुलो भाग्य हो भन्दै खोजि गरि उक्त रकम बुझाएको बताए l

पाण्डेले अगाडी भने शहिद कि १ सय १ बर्षिय पत्नी लक्ष्मीमाया माेक्तान अहिले मागेर खानु पारेको देख्दा नेपाली कांग्रेसले अन्याय गरेको बताए l उनका छोरा कंसलालले अहिले सम्म शहिदको पैसा नपाएको जानकारी दिदै पशुपतिमा फुल बेचेर गुजारा चलाई रहेको बताए l

पंचायती व्यवस्थामा बलबान मोक्तान मारिए पछि ४ जना बाल बच्चा सहित त्यी बृद्धा महिलाले ठुलो हण्डर खाएकी कान्तिपुर को सुमन संगको कार्यक्रममा बताएकी थिइन् l त्यो देखेर आफु अझ मन कुडियो र भेट्नै पर्छ भनेर आफ़ुले सक्ने सहयोग गरेको बताए l

२०१८ सालमा उनको हत्या भए पछी उनका सम्पति लुटिए l र उनका छोराले ज्यादै मर्म स्पर्शी कुरा भन्दै बुवा राजनीतिमा नलागी दिएको भए आफु पढ्ने थिए होला पनि भनेका थिए l हुदा छदा को सम्पति जफतको साथै अहिले मागेर खाने र पशुपतिमा माला बेचेर जीविका चलाउने बताउदा अझ हृदय रोएको भन्दै छोरा कंसलालसंग कुराकानी गरेको बताए l

कांग्रेसका सभापति शेर बहादुर देउवा तथा स्व शन्त पूर्व प्रधान मन्त्रि कृष्ण प्रसाद भट्टराईले समेत आर्थिक सहयोग गरेको बताएका थिए l देशको लागि शहिद सहिद आफ्नो बुवा आफु मरे भने कात्रो किन्ने समेत पैसा नभएको कान्तिपुरको सुमन संग भन्ने कार्यक्रममा बताएकोले थोरै रकम दिन सके भनि पाण्डेले बताए l

यसै बिच क्यालिफोर्निया स्थित मदरल्याण्ड गैर मुनाफा सामाजिक संस्था तथा नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महा संघ बिच नेपालमा पत्रकारिताको व्यावसायिक विकासमा टेवा पुर्याउने उद्धेश्यले दश लाखको अक्षय कोष खडा गर्ने सहमति भै समझदारी पत्रमा हस्तान्तरण गरेको पाण्डे ले बताए l

anil-3 anil-2

anil-4

प्रतिक्रिया