डोनाल्ड ट्रम्पको संक्षिप्त जीवनी

इनेप्लिज २०७३ कार्तिक २४ गते १४:४० मा प्रकाशित

donald-trumphकाठमाडौं, २४ कात्तिक । बुधबार अमेरिकाको ४५ औं राष्ट्रपति निर्वाचति डोनाल्ड ट्रम्पको जन्म एक धनाढ्य घरजग्गा व्यापारीका चौथो सन्तानको रुपमा न्यूयोर्क शहरमा भएको थियो । उनी न्यूयोर्कमैं हुर्किएका थिए ।

उनले आफ्नो परिवारको व्यापार र धन–सम्पत्तिलाई ब्रुकलीन र क्वीन्सबाट म्यानहाटनमा सारेका थिए । चमक–धमकपूर्ण म्यानहाटनकै फिफ्थ् एभेन्युमा ट्रम्प टावर रहेको छ ।

उनले होटेल र क्यासिनोहरुमा गरेको लगानी एकताका डुब्ने अवस्थामा समेत पुगेको थियो ।

फोर्ब्स म्यागाजिनका अनुसार उनीसँग ३.७ अर्ब डलर बराबरको धन–सम्पत्ति छ, तर ट्रम्पले आफूसँग १० अर्ब डलर धन–सम्पत्ति भएको दावी गर्दै आएका छन् ।

टेलिभिजन कलाकार

‘दी एप्रेन्टीस’ नाम गरेको कार्यक्रम चलाएर ट्रम्प अमेरिकी टेलिभिजनका एक परिचित अनुहार बनेका थिए ।

सत्तरी वर्षिय ट्रम्पकी वर्तमान श्रीमती मोडल मेलनिया नस हुन् । राष्ट्रपतिको चुनावमा होमिएपछि ट्रम्पले निकै उत्तेजनात्मक प्रकृतिको प्रचारप्रसार शैली अपनाएका थिए ।

त्यसक्रममा उनले अमेरिकी अर्थतन्त्रलाई सुदृढ तुल्याउने, मेक्सीकोसँगको सीमानामा पर्खाल ठड्याउने र मुसलमान समुदायलाई अस्थायीरुपमा अमेरिका प्रवेश निषेध गर्ने प्रतिज्ञा गरेका थिए ।

तीन पटक विवाह

अहिले सत्तरी वर्ष पुगेका ट्रम्पको तीन पटक विवाह भइसकेको छ । उनकी वर्तमान श्रीमती एक मोडल, मेलनिया नस हुन् ।

सन् १९७७ मा ट्रम्पले फेशन डिजाइनर इभाना विन्कलमायरसँग विवाह गरे । उनकी पहिलो श्रीमतीका तीन सन्तान छन् । डोन, इभान्कार र एरिका उनकी पहिलो श्रीमतीका सन्तान हुन् ।

ट्रम्पले फेसन डिजाइनर इभानासँग सन् १९९२ मा डिभोर्स भएपछि १९९३ मा दोस्रो विवाह मार्ला मेपल्स नामक अभिनेत्रीसँग गरे । अभिनेत्रीसँगको सम्बन्ध समेत सुमधुर बन्न सकेन् । अभिनेत्रीबाट एक छोरी जन्माएपछि ट्रम्पले अभिनेत्री मेपल्सँग १९९७ मा डिभोर्स गरे ।

ट्रम्पले सन् २००५ मा तेस्रो विाह भने मोडेल मेलनिया नससँग गरे । ट्रम्पले तेस्रो विवाह गरेकी मेलनिया क्लाउस २० वर्ष कान्छी छिन् ।

 

प्रतिक्रिया