हिलारी निर्दोष भएको संघीय अनुसन्धान बिभागको ठहर ,अपराधिक अभियोग नलाग्ने ,ट्रंपलाई झड्का

इनेप्लिज २०७३ कार्तिक २२ गते ०:५५ मा प्रकाशित

bijayअमेरिकाको संघीय अनुसन्धान बिभागका निर्देशक जेम्स कोमेले एक पत्र जारि गर्दै हिलारी क्लिन्टनको नया बिधुतिय डाक(इमेल) मा अनुसन्धान गर्दा केहि नपाईएको भन्दै उनि निर्दोस भएको ठहर गरेको छ l उनले निर्वाचन हुनु केवल ९ दिन अगाडी मात्र केहि हेर्नु छ भनि काग्रेसलाई जानकारी गराए पछि हिलारी क्लिन्टन प्रति नकारात्मक टिका टिप्पणी उच्च रुपमा वृद्धि भएको थियो l

आज नोवेम्बर ६ तारिख उनी निर्देशक कोमेले संघीय अनुसन्धान बिभाग संस्था गत जुलाई महिना गरेको निर्णयलाई नै सदर गर्दै हिलारी माथि कुनै अपराधिक गतिबिधि लगाइने छैन भनि पत्र बाट अमेरिकन काग्रेसलाई समिति का सभापतिलाई पत्र लेखेका छन् l

उनले चुनाब हुनु केवल १० दिन अगाडी यस्तो निर्णय गर्दा उनि माथि चौतर्फी आलोचना भयो l यसको पछाडी कुनै रहस्य त छैन भन्ने अड्कल काटियो l उनको इतिहास हेर्दा ओबामा संग चुनाब लड्ने राष्ट्रपतिका उम्मेदवार मिट रोमनी तथा एरिजोनाका सिनेटलाई समेत आर्थिक सहयोग गरेको देखिएकोले उनि कतै रिपब्लिकन को दबाबले यसो गरेका त हैनन भन्ने तर्फ पनि सोच्ने गरियो l यस्तो पदमा निस्पक्ष हुनु पर्छ र हुन्छन पनि त्यस्तो दोषारोपण लगाउन मिल्दैन अमेरिकामा l

विश्व भरमा हिलारी प्रति नकारात्मक असर पर्यो l जसको कारण राष्ट्रिय सर्वेक्षणमा रिपब्लिकनका पकड भएका राज्यहरुमा बाहेक अन्य राज्यहरुमा कम्तिमा ५ देखि ७ अंकमा पछाडी परेका ट्रंप रातारात नायक हुन् पुगे l उनका समर्थकले हिलारीलाई झ्याल खान हाल्नु पर्छ भन्ने चर्का नारा लगाए l

ट्रंपलाई यो मुद्दाले अनगिन्ती फाइदा भयो l उनि प्रति समर्थन जुटाउन सफल भए l रिपब्लिकनका कट्टर समर्थन गर्नेले हिलारीलाई थुन्नु पर्छ भन्ने गन्जी समेत लगाए l १० दिन देखि ट्रंपले २४ सै घण्टा हिलारी अपराधी हो कारागार लानु पर्छ भन्ने थेगो ल्याए l सुगा रटाइ मात्र रटे l लाखौ लाख समर्थन पाए l

तर आज फेरी उनि दुखित भएका छन् l फक्स समाचारले झुटो बनाएको समाचारलाई नै भजाएर नायक भए l अन्य बिषय बस्तु मा भन्दा केवल हिलारी खराब महिला ,निर्लज्ज महिला ,कारागार लानु पर्छ भन्ने मात्र बिताए l तर उनि माथि ११ वटा महिलाले यौन उत्पीडन को कुरा बिर्से ,ट्रंप विश्व बिद्यालय को समस्या भुले ,संघीय कर नतिरेको बिर्से केवल हिलारीलाई मात्र फटाहा आईमाई भन्न अनगिन्ती समय बिताए l

जसरी १० दिन अगाडी हिलारीलाई संघीय अनुसन्धान बिभागको पत्र आउदा रिपब्लिकनमा खुशी छाएको थियो आज डेमोक्रेटिक दलका सबैमा तिहार जतिकै खुशी छाएको छ l आत्म विश्वास र हौसला बढेको छ l निर्वाचन एकै रातमा बदलिने हुनाले आजको यो समाचारले आमुल परिवर्तन ल्याउन सक्ने सम्भावना पनि रहेको छ l अब हिजो सम्म हिलारीलाई नकारात्मक देख्नेले पनि एक पटक सोच्न बाध्य हुने छन् l हिलारीले आफ्नो सामाजिक संजालमा प्रतिक्रिया दिई सकेकी छिन् l

जसरी १० दिन अगाडी डेमोक्रेटिक दलका सबैलाई हिलारीको बिधुतिय डाकले दुखित बनाएको थियो त्यसै गरि आज रिपब्लिकन दलका सबैलाई करेला खाएको जस्तो अनुभूति भएको छ l दुखित भएका छन् l रिपब्लिकन हरु अझ पनि लिडे ढिप्पी छोडेका छैनन् l डोनाल्ड ट्रंपले बिधुतिय डाक लाई भजाई खुरुन्दार खैरो खनेका थिए l संघीय अनुसन्धान बिभागले रिपब्लिकन लाई मुखमा बुझो लगाई दिएको छ l भन्ने बिषय नै समाप्त गरि दिएको छ l

अमेरिकाको डीसी महानगर क्षेत्र बाट संचालित ईनेप्लिजले अमेरिकन निर्वाचन सम्बन्धि अमेरिका बाट संचालित रहेका पत्रपत्रिकामा सर्बाधिक र सबै भन्दा अगाडी देखि निरन्तर रुपमा हिलारीको पक्षमा कलम चलाउने अवसर पाएको छ l त्यति मात्रमा सिमित नरही पटक पटक समाचार ,लेख ,विचार ,बिदेशमा रहेका नेपाली मूलका विभिन्न पेसामा रहेका महिला ,पुरुष ,बुद्धिजीवी संग लिएका करिब दुई दर्जन भन्दा सामग्री हामीले प्रकाशित गरेका छौ l

निर्वाचनको नतिजा प्रकाशित नहुन्जेल यो क्रम जारि रहने छ l अमेरिकाको ईतिहास मै महिला राष्ट्रपति निर्वाचित नभएकोले यो सुवर्ण अवसर हिलारी क्लिन्टनले पाउन भन्ने हाम्रो चाहना रहेको छ l उनि योग्य ,होनहार ,अनुभवी र ३० बर्ष राजनीतिको इतिहास बोकेकी एक सक्षम नारि हुन् l हिलारीलाई यस्ले अन्तिम समयमा ठुलो राहत भएको छ l चुनाब भनेको चुनाबको अघिल्लो दिन निर्णायक मोड पनि लिन के बेर ? हिलारीलाई अग्रिम बधाई l

पशुपतिनाथले हामी सबैको कल्याण गरोस !

प्रतिक्रिया