बुधबार, मंसिर १७ २०७७
काठमाडौं १८:२०
वासिङटन डिसी 07:35

नेपाली फर हिलारीको अपिल

इनेप्लिज २०७३ कार्तिक २१ गते १४:४४ मा प्रकाशित
आदरणीय नेपाली अमेरिकन दाजुभाई तथा दिदीवहिनीहरु ,
यस अभियान अन्र्तगत सहभागी स्वयंसेवीहरुको समूहले पछिल्लो तीन महिनाको अवधिमा डेमोक्रयाट पार्टीको पक्षमा जनमत सृजना गर्न विविध रचनात्मक तथा प्रचारात्मक कार्यहरु सम्पन्न गर्न सफल भएका छौं । हामीले चुनावी अभियान अन्र्तगत मतदाता रजिष्ट्रेशन,घरदैलो कार्यक्रम तथा डेमोक्रयाट पार्टीको क्षेत्रीय सभा तथा रयालीमा सहभागिता जनाउन सफल भएका छौं । यसै सिलसिnfमा भर्जिनिया, पेन्सलभेनिया, जर्जिया लगायतका स्थानहरुमा प्रचारात्मक कार्यक्रमहरुमा नेपाली मौलिक पन झल्किने वाजागाजा र नेपाली फर हिलारीको टिसर्ट लगाएका सयौ नेपाली अमेरिकनहरुको सहभागितामा कार्यक्रम सम्पन्न गर्न सफल भएका छौं । साथैं,यस अभियानले फोन बैंकिङ्ग, अर्लि भोटिङ्गको मतदान स्थलमा स्वयंसेवी वनेर निर्वाचनमा महत्वपूर्ण सहभागिता जनाउन सफल भएका छौं । अव निर्वाचनको महत्वपूर्ण दिन अर्थात नोभेम्वर ८ तारिखको दिन हुने निर्वाचनमा मतदान गर्नुहुन सवैमा हार्दिक अपिल गर्दछौं । मतदान हाम्रै लागि हो भन्ने अभिप्रायले आफना छिमेक साथीभाईलाई मतदान प्रक्रियामा सहभागि वनाएर डेमोक्रयाट पार्टीको विजय सुनिश्चित गराउन पहल गर्नुहुन अनुरोध गर्दछौं । साथै उक्त मतदानको दिनमा मतदान केन्द्रमा स्वयंसेवी वन्न चाहनुहुन्छ भने यस नेपाली फर हिलारीका स्वयंसेवकहरुसँग समन्वय र सम्पर्क गर्नुहुन यसै अपिल मार्फत अनुरोध गर्दछौं । यसको लागि हामीहरुको वेभसाईटमा (Email [email protected]) जानुहुन अपिल गर्दछौं , त्यहाँ भएका हरेक राज्यका स्वयंसेवीहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
आउनुहोस सँगसँगै मजवुत अमेरिका निर्माणमा जुटौं । डेमोक्रयाट पार्टीकी हिलारी क्लिन्टनलाई राष्ट्रपतिमा निर्वाचित गरौं ।
नेपाली फर हिलारी
नोभेम्वर ५, २०१६
मेरिल्याण्ड

प्रतिक्रिया