आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०६:३६
वासिङटन डिसी 19:51

बोराभित्र महिलाको शव फेला, हत्या भएको आशङ्का

इनेप्लिज २०७३ कार्तिक २१ गते ८:३९ मा प्रकाशित

sabभक्तपुर, २१ कात्तिक । मध्यपुरथिमि नगरपालिका–२ बोडेमा किरा परेर कुहिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

बोडेबाट मूलपानीतर्फ जाने मूल सडकबाट खेततर्फ जाने भित्र सडकको छेउमा अन्दाजी २७ वर्षकी महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।

मृतक महिलाको टाउकामा चोट देखिएको जानकारी दिँदै उहाँले हत्या गरेर बोरामा हालेर एकान्त रहेको स्थानमा ल्याएर फ्याँकिदिएको हुन सक्ने आशङ्का रहेको बताउनुभयो । मृतक महिला स्थानीय बासिन्दा नभएको र पहिचान पनि नभएको बताउँदै उहाँले प्रहरी वृत्त थिमि र अपराध अनुसन्धान महाशाखाको टोलीले अनुसन्धान अगाडि बढाएको जानकारी दिनुभयो । खेतमा गएर फर्कंदै गरेका स्थानीयवासीले शनिबार साँझ बोराभित्र महिलाको टाउको मात्रै देखिने गरी शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया