बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १६:१३
वासिङटन डिसी 05:28

बिदेशमा बस्ने नेपालीहरुले सम्बृद्ध नेपाल हेर्न चाहेको पाए भन्ने पत्रकार सन्जय न्यौपाने अब रहेनन -मेरो स्मृति पटलमा उनि

इनेप्लिज २०७३ कार्तिक २० गते १६:५९ मा प्रकाशित

neupane-karobar

उनले भनेका अन्तिम विचार  :

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो

पूर्व कान्तिपुरका पत्रकार तथा कारोबार दैनिकका प्रधान सम्पादक संजय न्यौपाने को दुखत समाचारले आश्चर्य बनाई दिएको छ l अमेरिकामा आर्थिक सहयोगको पहल गरि रहेको अवस्थामा आज उनि संसार बाट बिदा लिएको खबरले मर्महात बनाई दिएको छ l अपत्यारिलो समाचारले ब्याकुल बनाई दिएको छ lमस्तिष्क स्नायुसम्बन्धी रोगबाट पीडित पत्रकार सञ्जय न्यौपानेको ४५ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ ।न्यौपानेका श्रीमती एक छोरो एक छोरी हुनुहुन्छ ।

सन् २०११ देखि साथी बनेका न्यौपाने हामी सबैलाई सदाको लागि नफर्किने गरेर गएका छन् l अमेरिका अध्ययन गर्न आएको समयमा बिदाको दिन डीसी महानगर क्षेत्रमा हुने सामाजिक संस्थाका बिबिध कार्यक्रममा आएर समाचार कान्तिपुरमा लेख्दथे l मिजासिला ,मृदुभाषी ,सरल ,सदा जीवन उच्च विचारका न्यौपाने संग आज भन्दा ठिक दुइ बर्ष १७ दिन अर्थात् अक्टोबर १९ ,आइतबार ,२०१४ (कार्तिक ३)मा डीसीमा उनि संग भेटघाट कार्यक्रम राखिएको थियो l

विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको बार्षिक साधारण सभामा संचार माध्यमको तर्फबाट आफु मात्र नेपालको तर्फ बाट सहभागी हुन् आएका उनि त्यस बेला कारोबार दैनिकका प्रधान सम्पादक थिए l उनि संग दर्जनौ पटक डीसी महानगरमा भेट हुने मौका मिल्यो l अन्य भला कुसारी भन्दा सन् २०१४ मा उनले भनेका बिचारहरु ताजै छन् l

उक्त अन्तरक्रिया कार्यक्रममा हामी संग बिचार राख्दै बिदेशमा बस्ने अधिकांश नेपालीहरुले सम्बृद्ध नेपाल हेर्न चाहेको आफुले अनुभूति गरेको भन्दै कोरिया देश बनेको नै विदेश गएका कोरियनहरुले बनाएको चर्चा गरेका थिए ।

बिदेशमा बस्नेहरुका लागि नेपालमा लगानी गर्ने सबै भन्दा उत्तम र सुरक्षित भनेको जल बिद्युत भएको बताएका थिए l उनले कृषि ,जलश्रोत र पर्यटन जस्ता क्षेत्रमा काम गर्न सक्यो भने नेपालको आर्थिक उन्नति हुने बताएका थिए ।

न्यौपानेले थप चर्चा गर्दै एक बिदेशीले आफु मर्नु भन्दा अगाडी जानै पर्ने विश्वका १० पर्यटक देशहरुमा नेपाललाई पनि उक्त सुचिमा राखेकोले पर्यटकहरुलाई कसरि नेपाल भित्र्याउने बारेमा उल्लेख गर्ने न्यौपाने हाम्रो स्मृति पटलमा मात्र रहेका छन् l

उनले त्यसबेला भनेका थिए ,नेपाल सानो देश नभएको र आफुले त्यस्तो सोच्नु नहुने भनेका थिए l उनले आफ्ना विचार राख्ने क्रममा चिनमा बौद्ध धर्म तथा भारतमा हिन्दु धर्मका प्रसस्त अनुयायी भएकोले पशुपतिनाथ तथा बुद्ध जन्म स्थान लुम्बिनीबाट नेपालले ठुलो आर्थिक आय हुने बताएका थिए l

उक्त भेटघाट कार्यक्रममा बिदेशमा बसेका नेपालीहरु एनआरएनहरुलाई नेपालमै आर्थिक उन्नती गर्न सकिने प्रसस्त अवसरहरु भएको चर्चा गर्दै नेपालमै बढि कमाई गर्न सकिने प्रशस्त उपायहरु भएको गणतान्त्रिक सरकारको नयाँ नयाँ आर्थिक तथा बाणिज्य नितीहरु बारे प्रकाश पारेका थिए ।

उक्त समयमा अमेरिका नेपाल सोशाईटीका अध्यक्ष ठाकुर पुडासैनी(बिद्या वारिधि ) पूर्व अध्यक्ष खेम भट्टचन ,साहित्यकार प्रकाश नेपाल तथा आफुले उपस्थिति जनाएको थिए l

यस दुखद घडीमा वहाको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु l

स्व न्यौपानेको तस्बिर मैले २०१४ मा लिएको हो l

प्रतिक्रिया