उत्तम भण्डारीको शब्द संगीतमा प्रकाश ओझाको पुनरागमन

इनेप्लिज २०७३ कार्तिक १९ गते १९:५३ मा प्रकाशित

unnamed

बिदेशमा बसेर पनि नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गीतकार संगीतकार उत्तम भण्डारीले उनको नयाँ एल्बम उमंगको एउटा भिडियो सार्वजनिक गरेका छन । यसपाली मैले बोलको कमेडी शैलिको यस गीतमा भण्डारीले केही समयका चर्चित गायक प्रकाश ओझालाई पुनरागमन गराएका छन । किन रुन्छ मन बोलको चर्चित कारुणिक भाबको गीत गर्न सफल भण्डारीले यसपाली भने कमेडी धारलाई समातेको देखिन्छ ।

हरेक किसिमका गीतहरु लेख्न र संगीत भर्न माहिर बहुप्रतिभाशाली उत्तम भण्डारीको यो गीत पनि सफल हुने र श्रोता दर्शकले मन पराउने कुरामा उनी आशाबादी रहेका छन । रेश्मा तिमील्सिना , सन्त कुमार राई , सविन लिम्बुको अभिनय, कुन्साङ राइको स्रिंगार , पासाङ शेर्पाको छायांकन , राज कुमारको सम्पादन अनि अनिता श्रेष्ठको निर्देशन रहेको प्रस्तुत गीतको भिडियो राम्रो बनेको भण्डारी बताउछँन । एल्बमको अरु गीतहरुको पनि काम भइरहेको र छिट्टै एक समारोह बिच एल्बम सार्वजनिक गरिने उनी जानकारी दिन्छन ।

https://www.youtube.com/watch?v=BwCqi3F07NA

प्रतिक्रिया