अमेरिका मै बनेको नेपाली कथानक चलचित्र “सफर” प्रदर्शन हुने

इनेप्लिज २०७३ कार्तिक १९ गते १९:२५ मा प्रकाशित

picsart_11-04-12-09-16

“Watch “SAFAR” with Nepali National Cricket Heroes.. on November 6th, 2016 SUNDAY.”

“सफर”
उच्च शिक्षा हासिल गर्न अमेरिका आएका बिद्यार्थी भाइबहिनीहरुको बिद्यार्थी जिवनको यात्राका दौरानमा हुने घट्ने गरेका मनोरञ्जनात्मक अनि मार्मिक घटनाक्रमहरुलाई चलदृश्यको स्वरुप दिईएको नेपाली चलचित्र ‘सफर’ मा तीन मिल्ने साथीहरुले तय गर्ने यात्राको मार्मिक कथा समावेश गरिएको छ। यो चलचित्र हाल अमेरिकामा पढिरहेका नेपाली बिद्यार्थीहरुको प्रयासले सम्पुर्ण रुपले अमेरिकामा नै बनाईएको पहिलो कथानक चलचित्र पनि हो।

युवा फिल्म्सको व्यानरमा निर्माण गरिएको यो चलचित्रका निर्देशक आशिष श्रेष्ठ हुन् । चलचित्रमा सत्यराज आचार्य, धर्मेन्द्र सेवान र उज्वल मेघी गुरुङको संगीत सुन्न सकिन्छ भने गीतमा उत्तम भौकाजी, अर्जुन सुवेदी र उज्वल मेघी गुरुङका शब्द रहेका छन् । चलचित्रमा मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोख्ररेल र नुरजा श्रेष्ठलाई मुख्य भुमिकामा देख्न सकिन्छ ।

केशब खड्काको कथा रहेको “सफर” हाम्रै शहर बाल्टिमोरमा Everest Entertainment को सहकार्यमा प्रदर्शन हुने भएको छ। जसबाट उठेको सम्पुर्ण सहयोग रकम नेपाली राष्ट्रिय क्रिकेट टिमको सहयोगका लागि हस्तान्तरण गरिने भएको छ।

उक्त चलचित्र हेर्न सो दिन Beltway Movie 6, मा नेपालका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खडका, उपकप्तान ज्ञानेन्द्र मल्ल लगायत अन्य चर्चित खेलाडीहरु शरद भेषावकर, सिद्धान्त लोहनी, वसन्त रेग्मी, सोमपाल कामी, शुवास खकुरेल, लगायत पुर्व खेलाडीहरुको टिम Nepal Rhinos का खेलाडीहरु लगायत मेरिल्याण्डका विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरु लगायत समाजसेवी, कलाकार, पत्रकार तथा क्रिकेटप्रेमी दर्शकहरुको अविस्मरणीय जमघट हुने आयोजकहरुले बिश्वास लिएका छन्। राष्ट्रिय खेलाडीहरुको सम्मानमा चलचित्र “सफर” का निर्माता तथा कथाकार श्री केशव खड्का ज्यु समेत प्रत्यक्ष उपस्थित हुने बताईएको छ। कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुसंगको प्रत्यक्ष भेटघाट अनि तस्वीर अटोग्राफ आदि पनि लिन सकिने ब्यबस्था मिलाईएको आयोजक Everest Entertainment का साथीहरू अपार र दिलिपले हामीलाई जानकारी दिएका छन।

picsart_11-03-11-09-04

आउनुहोस् नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मान र सहयोगार्थ हामी सम्पुर्ण मेरिल्याण्डवासी नेपालीजनहरु स- परिवार पुगेर यो चलचित्र लागि जाऔं।

..नेपाली राष्ट्रिय क्रिकेट टिमका साथमा, “सफर”
At Beltway Movie 6
7660 Belair Rd, Nottingham, MD 21236-4088,
TIME: 8:00 PM
more details:
https://www.facebook.com/events/547566775439669/?ti=cl

थप जानकारी तथा सम्पर्क:
Apar Shrestha: 443-418-4344
Dilip Shrestha: 646-420-2399
Aakash Shrestha: 443-762-9227
Srijan Tamrakar: 443-675-8889
Suresh Shrestha: 443-732-2464
Bishwo Thapa: 443-447-0801
Utsav Sigdel: 410-236-1543
Pragun Shrestha: 443-986-7800
Ashok Upreti: 443-240-8389
Shravan Joshi: 715-505-5556

© मेरिल्याण्डका हामी नेपाली, 2016
साभार: सृजन ताम्राकार , बाल्टिमोर

प्रतिक्रिया