सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०७:२३
वासिङटन डिसी 20:38

नेपाली पाठशाला सहयोगार्थ’ द्यौसी भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न

इनेप्लिज २०७३ कार्तिक १८ गते २:२२ मा प्रकाशित

img_1386

यही अक्टोबर ३१ तारिख सोमबारका दिन डिसी नेपाली समाज, अमेरिका नेपाल सहयोगी समाज र हरन्डन नेपाली समुदायको संयुक्त आयोजनामा ‘नेपाली पाठशाला सहयोगार्थ’ द्यौसी भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न भयो ।
निकै छोटो समयमा बिना तैयारी आयोजना गरी मनाइएको उक्त कार्यक्रम पानसमा बत्ति बालेर मन्त्रोंच्चारण गरी सुरु गरिएको थियो । दुई वर्ष अघि डिसी नेपाली समाजको सक्रिय सहभागितामा बच्चाहरुलाई नेपाली भाषा र संस्कृतिको बारेमा सिकाउने उद्येस्यअनुरुप सुरुआत गरिएको ‘नेपाली भाषा पाठशाला कक्षा’ नेपाल अमेरिका सहयोगी समाजमार्फत निरन्तर रुपमा सन्चालनमा आईराखेको छ । यी दुई संस्थामार्फत अहिलेसम्म गरिएका सबै कार्यक्रमहरु सफल र पारदर्शी छन् भन्ने उपस्थित जनहरुको ठन्याईअनुसार यस महान कार्यका लागि भनी जम्माजम्मी $२५९१ (दुईहजार पाँचसय एकानब्बे डलर) संकलन भएको छ । यसरी सहयोगस्वरुप दान गर्ने सहयोगी मनहरुको नाम यसप्रकार छ-
१. राजेन्द्र खनाल $ 251
२. अर्जुन /आरती सिग्देल $205
३. गोविन्द/ सुशीला सुवेदी $205
४. वसन्त पौडेल $205
५. तोया/ कमला पौडेल $205
६. प्रदीप ढकाल $121
७. पवन/कृष्ण खनाल 105
८. गुणराज लुईटेल $101
९. परशुराम भन्डारी $101
१०. प्रेम गुरुड़्•$101
११. माधव शर्मा मनासस $101
१२. मोहन उप्रेती $51
१३. सुदीपभद्र खनाल $51
१४. प्रदीप पौडेल $51
१५. शंकर सिटौला$51
१६. दिपेन खरेल$51
१७. चक्र खड्का $51
१८. विमल आचार्य $51
१९. कृष्ण पराजुली $51
२०. विष्णु न्योपाने $51
२१. गीता सिग्देल$51
२२. गोविन्द कोइराला$51
२३. विष्णु गौतम $51
२४. छत्र श्रेष्ठ $51
२५. अर्जुन ढुंगेल चेन्ट्ली $51
२६.राजेश क्षेत्री $50
२७. बविता गुरुड़्•$26
२८ सरिता वाग्ले $25
२९. रजनी सुवेदी $21
३०. राम सत्याल $20
३१. उत्तर श्रेष्ठ $20
३२. राजा पनेरु $14

img_1369

कार्यक्रममा उपस्थितमध्ये अग्रज वयोवृद्ध वुवा   मेदनीप्रसाद गौतम र कोमल प्रसाईँ द्वारा पानसमा बत्ति
बालेर कार्यक्रमको समुद्घाटन गरिएको थियो भने सोही समयमै हरन्डनमै बस्ने गुरु /पुरोहित राजेन्द्र खनालद्वारा मन्त्रवाचनसहित सुरुआत गरिएको थियो । हरन्डन निवासी श्रीमती सुशीला सुवेदी खनालले कार्यक्रममा उपस्थित सबैजनालाई स्वागत गर्नु भएको थियो भने कार्यक्रमको उद्घोषण अर्जुन सिग्देलले गर्नु भएको थियो ।

img_1391

बच्चाहरुको लागि हलोईनको मुख्य दिन परेको र सबैको व्यस्तताका बाबजुद पनि कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो । अन्त्यमा यसै एरियामा बस्ने समाजसेवी तथा पत्रकार गुणराज लुईटेलले यी संस्थाले अहिलेसम्म जस्तो रुपमा काम गर्दै आईरहेका छन् त्यस्तै रुपमा पारदर्शी ढंगले अगाडि बढुन् भन्दै उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नु भएको थियो भने अर्का समाजसेवी परशुराम भन्डारीले डिसीनेपालडटकममार्फत कार्यक्रमको फ़ेसबुक लाईभ संन्सारभर रहेका नेपालीहरुलाई देखाईराख्नु भएको थियो ।

img_1370
निकै छोटो समयमा पनि यति ठूलो जमघट (उपस्थित) गराऊन सफल हुनुमा सक्रिय भूमिका खेल्नेमा समाजसेवी गोविन्द सुवेदी हुनु हुन्थ्यो, उहाँले ग्रुप बनाई निमन्त्रणा गर्नु भएको थियो । दिपेन खरेल लगायत सबैले शेयर गरी सहयोग पुर्याउनु भएको थियो । कार्यक्रम बेलुका 5बजेदेखि नै सुरु हुने भनिए पनि धेरैजनाको ढिला उपस्थिति भएकाले ७ बजे सुरु भई वेलुका ९:३० बजे सम्म चलिरहेको थियो ।

img_1385

हाम्रा चाडपर्व र संस्कृतिको बारेमा आफ्नो बच्चाहरूले पनि सिकुन् भन्ने उद्देश्यसाथ सुरु गरिएको यस कार्यक्रमको अनलाईन लाइभ तथा भिंडियों हेर्नेहरुको संख्या असंख्य रुपमा बढेको र राम्रो प्रतिक्रियाहरु पनि उत्साहवर्धक तरिकाले बढिरहेको छ ।
स्रोत:
हरन्डन नेपाली समुदाय

प्रतिक्रिया