सुर्खेतमा प्रहरी चौकीबाट रातारात यसरी लुटियो हतियार, बञ्चरो र हँसियाले आक्रमण

इनेप्लिज २०७३ कार्तिक १७ गते १२:५१ मा प्रकाशित

img_4723

सुर्खेत, १७ कात्तिक । सुर्खेतमा एक प्रहरी चौकीबाट रातारात हतियार लुटिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मंगलबार राति आग्रीगाउँस्थित देउली प्रहरी चौकीमा स्थानीयले आक्रमण गरेर हतियार लुटेका हुन् । करिब ३० जनाको संख्यामा रहेका स्थानीयबासीले बञ्चरो, हँसिया लगायतका घरेलु हतियारले प्रहरी चौकीमा आक्रमण गरेर प्रहरीका हतियारहरु खोसेका थिए । मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआईजी माधवप्रसाद नेपालले गाउँलेले चौकीबाट तीनवटा राइफल, एउटा पेस्तोल र एक सय ५० राउण्डभन्दा बढी गोली लुटेको बताए । प्रहरीकाअनुसार मदिरा सेवन गरेका स्थानीय युवा र प्रहरीबीच भएको विवादले उग्र रूप लिएपछि स्थानीयले घरेलु हतियारसहित राति चौकीमै आक्रमण गरेर हतियार कब्जामा लिएका थिए ।

प्रतिक्रिया