नेपाल-भारत प्रधानमन्त्री विन्तीवार्ता

इनेप्लिज २०७३ कार्तिक १७ गते १२:३७ मा प्रकाशित

img_4723

(नेपाली-हिन्दी व्यङ्ग्यालङ्कार छन्द)

प्रचण्ड उवाचः

(नेपालले गरिरहेका प्रगति बारे)

संविधानमा संशोधन गरु भन्दैछन् मधेसी भाइहरु, अलमल मे हुँ, कैसे करुँ, करुँ या ना करुँ, मोदीजी ।

ओलीजीले तेल ल्याउन चीनलाई भनेका रैछन्, दबाब डाल रहा है चीन, करना कि नहीँ, मोदीजी ।

अध्यक्ष–राष्ट्र भएकाले सार्क सम्मेलनको दबाब थियो, दिल्लीका भाषा दुरुस्त, बोलदिया है मोदीजी ।

हिन्दी भाषालाई राष्ट्रिय सम्पर्क भाषा बनाउन संसदके भितर और बाहर, प्रयास जारी है मोदीजी ।

(विगतका गतिविधिबारे पश्चाताप र प्रष्टिकरण सम्बन्धी)

भारतीय विस्तारबाद मुर्दावाद भन्दै सुरुङ खनियो कुनै बेला, बिनासमझ सोर मचाया था, माफ किजिएगा मोदीजी ।

हिन्दी फिलिम र भारतीय गाडी नेपालमा निषेध भन्दै, ४० बुँदैमे रखनेवाला हमारे ‘गुट’मे नही है मोदीजी ।

नाकाबन्दी हुँदा “तेल नदिए, साइकल चढिन्छ” भन्दै टुडिंखेलमा भाषण करने “वो प्रचण्ड” मै नही हुँ मोदीजी ।

पशुपतिका भट्ट पुजारी हटाउने गल्ती गरिएछ ऊ बेला, पश्चाताप हो रहा है, अब वैसा नही होगा, मोदीजी ।

(सम्बन्ध सुधार भइरहेको बारे)

कहिले राजदूत रे मकहाँ, कहिले म उनी कहाँ आनाजाना चल रहा है, गडबड तो नही ना, मोदीजी ?

राष्ट्रपति मुखर्जी सद्भावना भ्रमणमा आउँदै छन् चाँडै, उनके सम्मानमे देश–विदेश ठप्प करदिया है मोदीजी ।

modi-prachanda

मोदी उवाचः

(अन्तिम आदेश)

अच्छे दिन आएगा जरुर, सिर्फ तुम एक काम करो, दुसरा लेन्डुप दोर्जे बन्ना है, काम होगा ना छविलाल जी ?

प्रचण्ड उवाचः

(सुनिश्चित हुन आग्रह)

दिल्ली तो क्या हरियाना और गोआका नमख भी खाया हुँ, इसबार तो रामदेवका आशिर्वाद भी लेके आया हुँ । दुसरेबार प्रधानमन्त्री बन्नेमे आपका भूमिका अहम् है, इसिलिए “प्रभु” बोले तो मै क्या बोलुँ, मोदीजी ।

(द्रष्टव्यः आशा गरौं उहाँले यो अन्तिको हरफ बोल्नु हुने छैन ।)

२०७३ कागतिहार

 

प्रतिक्रिया