अमेरिकामा १ करोड ८० लाख मतदाताले अग्रिम मतदान गरे

इनेप्लिज २०७३ कार्तिक १६ गते १०:४६ मा प्रकाशित

bijay-2-800x556

अमेरिकामा अग्रिम रुपमा मतदान गर्न पाइने हुनाले नोवेम्बर ८ मा हुने निर्वाचनको लागि अहिले सम्म झन्डै १ करोड ८० ले मतदान गरि सकेका छन् l अमेरिकाको संघीय अनुसन्धान बिभागका निर्देशक जेम्स कोमेले हिलारी क्लिन्टनको नया बिधुतिय डाक(इमेल) बारेमा केहि पाईएको भनि घोषणा गर्नु अगावै यति मतदाताले मतदान बिभिन्न राज्यमा गरि सकेका छन् l

इतिहास कै सबै भन्दा बिबादास्पद रहेको यस निर्वाचनमा अगाडी अब कसले बाजी मार्ने भन्ने अड्कल पाउन गार्हो भएको छ l संघीय अनुसन्धान बिभाग(एफबिआई )ले यस बिषयमा गत जुलाई देखि नै समाप्त पारेको जानकरी गराएता पनि चुनाब हुन् केवल १० दिन अगाडी मात्र हिलारी बारेमा समाचार ल्याए पछि नकारात्मक असर देखिन थालेको छ l

अझ पनि राष्ट्रिय स्तरको सर्वेक्षणमा अगाडी हिलारी देखिएता पनि यो परिस्थतीले उनलाई जटिल मोडमा ल्याएको छ l मानिसमा एक प्रकारको दुबिधा बढेको छ l यहि मुद्धालाई डोनाल्ड ट्रंपले भजाई खुरुन्दार खैरो खनी रहेका छन् l हिलारी क्लिन्टन पनि यसको डटेर मुकवाला गरि रहेको छिन् l

डोनाल्ड ट्रंप महिला यौन उत्पीडन ,कर तथा ट्रंप विश्व बिद्यालय तथा अन्य बिषयको बिबादमा मुसिएका छन् भने हिलारी बिधुतिय डाक (इमेल )तथा क्लिन्टन प्रतिष्ठान को बिषयमा नराम्रो संग अल्झियेकी छिन् l

अग्रिम रुपमा मत खसाले अनुसार ओहायो र आइवा राज्यहरुमा रिपब्लिकन दल अगाडी देखिएको छ भने फ्लोरिडा ,अरिजोना र कोलोराडोमा डेमोक्रेटिक दल अगाडी देखाएको सीएनएनले लेखेको छ l दर्ता गरेका डेमोक्रेटिक दलका मतदाताले नर्थ केरोलिना तथा नेभादामा ज्यादा मत खसालेको देखाएको छ l

संघीय अनुसन्धान बिभागको काण्ड पछि दुवै दलको खाडल नजीकिदै गइ रहेको छ भने ३८ वटा राज्यहरुका तथांक प्राप्त गर्न सकिने छ l सीएनएको एक बिशेष अनुसन्धान टोलीले बिबिध बिशेष तरिकाले यो तथांक निकालेको भएता पनि चुनाबको परिणाम हैन भनि लेखेको छ l

रिपब्लिकनका दर्ता गरिएका मतदाताले यस हप्ता एरिजोनामा अगाडी छन् र डेमोक्रेटिक दललाई आश्चर्य जनक सिमित दायरामा राख्न सफल भएका छन् l अहिले ३४ हजार मतले अगाडी छन भने २०१२ मा रिपब्लिकन ६२ हजारले अगाडी थिए l एरोजोनामा ९ लाख ५ हजारले मतदान गरि सकेका छन् l

कोलोराडोमा चुनाब हुलाक द्वारा मतदान पत्र पठाइन्छ l निर्वाचन हुनु भन्दा अगाडी पठाई सक्नु पर्ने हुन्छ l त्यहाँ डेमोक्रेटिक अगाडी रहेको देखाएको छ भने २०१२ मा रिपब्लिकन ले १९ हजारले अगाडी रहेका थिए l जर्जियामा झन्डै १० लाखले मतदान गरि सकेका छन् l

जर्जियामा मतदाताले आफु कुन दलको भनि दर्ता गर्दैनन् त्यसैले कुन दलले मतदान गर्यो भन्ने असम्भव हुन्छ भनि सीएनएनले जनाएको छ l फ्लोरिडामा १३ हजार ५ सय ४५ मतले रिपब्लिकन अगाडी छन् भने एक हप्ता अगाडी निकै कम दायरा फरक थियो l २०१२ मा दर्तावाल मतदाता ४४ हजार ले अगाडी थिए l फ्लोरिडामा ३० लाखले अग्रिम मतदान गरि सकेका छन् l

यसै गरि आइवामा रिपब्लिकन दलको लागि राम्रो भएको छ भने बिगत बर्ष भन्दा राम्रो गर्न नसकेको देखाएको छ l डेमोक्रेटिक दलले युद्ध जित्ने छन् तर अहिले ३९ हजार मतदानमा रिपब्लिकन अगाडी देखाएको छ l डेमोक्रेटिक दलको अगाडी बढ्ने कदम घट्दो भएकोले एक हप्ता अगाडी मात्र १६ प्रतिसतले अगाडी भएता पनि अहिले १० प्रतिसतमा वृद्धिमा छन् l

नेभादामा डेमोक्रेटिक दल मतदानमा अगाडी देखाएको छ त्यहाँ २६ हजार मतले डेमोक्रेटिक अगाडी रहेको अवस्था छ l यो हप्ता अगाडी उनीहरु ९. ३ प्रतिसतले अगाडी थिए भने अहिले ८.८ प्रतिसतमा छन् l

यसै गरि नर्थ केरोलिनामा डेमोक्रेटिक दल अगाडी छ १ लाख ६ हजार ले अगाडी छन् l रिपब्लिकन भन्दा १५ प्रतिसत ले अगाडी रहेको जनाएको छ l सन् २०१२ मा डेमोक्रेटिक दलको राम्रो पकड भएको स्थानमा अफ्रिकन अमेरिकनको अग्रिम मतदानमा सह्भागीतामा २३ प्रतिसत छ भने २०१२ मा २९ प्रतिसत रहेको थियो l

ओहायोमा रिपब्लिकन अगाडी देखाएको छ भने ट्रंपले यो राज्य जित्ने पर्छ l रिपब्लिकनहरु ले ३९ हजार मतले अगाडी छन l सन् २०१२ मा करिब एक तिहाई नागरिकले मतदान अग्रिम गरेका थिए तर आजको मिति सम्म त्यो कम भएको देखाएको छ l

प्रतिक्रिया