मह जोडी बिशेष प्रस्तुति बोकेर मेरिल्याण्ड आउने

इनेप्लिज २०७३ असोज २७ गते १२:२९ मा प्रकाशित

 

mah-jodi

नेपालका वरिष्ठ ख्याती प्राप्त हास्य व्यंग्य कलाकार द्वय मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (मह जोडी)बिशेष कार्यक्रम प्रस्तुतिको लागि अमेरिकाको मेरिल्याण्ड आउने भएका छन् l

मह जोडी अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित नेपा पास पुचः अमेरिकाये को २५ औं बार्षिक उत्सव आगामी नोवेम्बर ४ र ५ तारिखमा हुने समारोहमा सहभागी हुनको साथै बिशेष कार्यक्रम प्रस्तुतिको लागि आउने भएको जानकारी संस्थाकि अध्यक्ष सरोज प्रजापतिले जानकारी दिएकी छिन् l

अध्यक्ष प्रजापतिले २५ औ बसन्त पार गरेको अवसरमा बिबिध कार्यक्रम तथा बिशेष समारोह गर्ने निर्णय भएकोले मह जोडीलाई निम्त्याउदा सुनमा सुगन्ध हुने हुनाले वहा जस्ता कलाकारलाई बोलाउने अवसर मिलेको बताईन l

यसको साथै उक्त समयमा नेपाल र नेपालीहरुको पौराणिक र मौलिक संस्कृति बोकेको बार्षिक सम्वत् “न्ह्यु दया भिन्तुना -११३७” को विशेष कार्यक्रम पनि भब्य रुपमा मनाइने भएको छ।

दुई दिने चल्ने उक्त २५ औं बार्षिक उत्सव शुक्रबार र शनिबार हुने छ l पहिलो दिन साँझ ६ बजे मह पूजा को साथै सांस्कृतिक कार्यक्रम रहने छ भने दोश्रो दिन शनिबार समुद्घाटन ,समय बजी ,नेवाः सामुहिक रात्री भोजका साथै मह जोडी तथा अन्य लोकप्रिय कलाकारहरुको प्रस्तुति हुने छ l

संस्थाले अग्रिम रुपमा मह जोडी तथा अन्य कार्यक्रममा सहभागी तथा हेर्न चाहनेहरुका लागि लाई सरल होस् भन्ने हेतुले घर मै बसी बिधुतिय संजाल मार्फत टिकट किन्ने सकिने चाजो समेत मिलाएको छ l पहिलो दिनको कार्यक्रमको लागि $ २० डलर कायम गरिएको छ भने दोश्रो दिन मह जोडी तथा खाजा ,रात्री भोजन तथा मह जोडीको कार्यक्रम समेतको लागि $ ४५ डलर राखेको छ l

कार्यक्रम नर्थवुड हाई स्कुल ,सिल्भर स्प्रिन्ग्स मेरिल्याण्डमा हुने भएको छ भने अग्रिम रुपमा टिकट तथा अन्य बिस्तृत जानकारीको लागि संस्थाको आधिकारिक संजालमा बाट लिन सकिने संस्थाका महासचिब मनोहर श्रेष्ठले बताए l

कार्यक्रममा बिदेशी अतिथि ,नेपाली कुटनैतिक पदाधिकारी ,बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहने भएको छ। र प्रजापतिले यस्तो पावन अवसरमा डीसी महानगर क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन् समेत आग्रह गरेकी छिन् l

बिस्तृत जानकारीको लागि :

http://www.nppa-usa.org/pages/NPPAs25thAnniversaryBhintunaand1137NepalSambat

 

प्रतिक्रिया