युगान्डामा पनि मनाइयो दशै

इनेप्लिज २०७३ असोज २७ गते ९:४५ मा प्रकाशित

uganda-dashain

कम्पाला , युगान्डा

गैर आबाशिय नेपाली संघको युगान्डा राष्ट्रिय सम्न्वय समितीली अफ्रिकाको युगान्डामा  भब्य रुपमा दशै मनाएको छ | संघका  आइइसिसी सदस्य जिबनाथ पंगेनीका अनुसार कम्पालाको नबाब रेस्टुरेन्टमा ४६ जना नेपालीको उपस्थितीमा भब्य दशै कार्यक्रम सम्पन्न भएको थियो | कार्यक्रममा टिका ग्रहणका साथै शुभकामना आदान प्रदान तथा गीत संगीत प्रस्तुत गरिएको थियो |

कार्यक्रममा इश्वरी बस्याल ,  तुलसी रेग्मी , राजमणी  भण्डारी ,मन्जुल पाठक ,अर्जुन न्यौपाने लगाएतले शुभकामना ब्यक्त गर्नु भएको थियो भने पवन भण्डारी , प्रबिण पुडासैनिले   नृत्य र गीत प्रस्तुत गरेका थिए |

uganda-dashain2

प्रतिक्रिया