हेर्दै जानु ,कलियुगमा के के सुन्न र के के देख्न पाइन्छ भन्ने आम नेपालीहरुले सुनेका छौ l बिश्व मा अनेक किर्तिमान कायम हुन्छ l नसुनिएको घटना घट्छ l सामाजिक बाधा , कलंक तथा अवरोध हट्दै जान्छ l मानिसले नै हटाउदै जान्छन l हटाइन्छ र मन र मस्तिस्कले मानेन भने ईश्वर आए पनि त्यो भत्किन्छ भत्किन्छ l
यस्तै रिति ,मान्यता ,परम्परालाई लत्याउदै अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका युवा तथा कलम बेतोड चलाउने नेपाल बाग्लुंग घर भएका प्रकाश श्रेष्ठले आफ्नी धर्म पत्नीको हात बाट टिका थापी उदाहरण बनेका छन् l सम्भवत यस्तो घटना पहिलो पनि हुन् सक्ने छ l
उनि उनले पहिला पहिला आफुले आफ्नी जीवन संगिनीलाई टिका लगाउने गर्थे भने यस पाली उनले निर्णय पल्टाएर उनि बाट लगाएका छन् l दुखेसो छैन उनमा र छाती ठोकेर गर्ब गरेका छन् l लेखक भएको नाताले उनले यस्ता तर्क अगाडी सारेका छन् l यसकारण श्रीमतीको हातबाट टिका लगाएर दशै मनाएको लेखेका छन् l दशैमा मान्यजनहरुबाट टिका, जमरा लिएर आशिर्वाद लिने चलन छ । श्रीमानले श्रीमतीलाई टिका लगाएर आशिर्वाद दिने परम्परागत चलन छ भनि विचार राखेका छन् l
आजकल नारीहरु शिक्षा र चेतनाको कारण जागरुक भएर समाजमा रहेका कतिपय रुढीवादी परम्परागत मान्यताहरु परिवर्तन गर्न सफल भएका छन् भनि विचार राखेका छन् l पतिको मृत्यु पछि जीन्दगीभर शोकको चिन्हहरु वा प्रतिविम्वहरु धारणा गरेर समाजमा बाँच्नु पर्ने परिस्थितीको क्रमश अन्त्य हुने मोडमा समाज रुपान्तरित हुँदैछ भनि तर्क गरेका छन् ।
यस्तै परिवर्तनलाई मध्यनजर राख्दै उनले लेखेका छन् , यो पंक्तिकारले यस बर्षको बडा दशै देखि श्रीमतीको हातबाट टिका जमरा लगाएर आशिर्वाद लिने निर्णय गरि सोही अनुसार टिका लगाउने काम भयो । र आफु खुशी भएको बताएका छन् l
नारी पुरुष रथका दुई पांग्रा हुन भनिन्छ भने विवाहित पुरुष सधै उच्च स्थानमा र विवाहित नारी पुरुषको अधीनस्थ भईनै रहनु पर्ने मान्यता विद्यमान रहेको अवस्थामा यो प्रयासले पनि के देखाउँछ भने नारी पुरुष दुवैको समान हैसियत र सामाजिक मान्यता छ भन्ने दर्शाउँछ भनि आफ्ना कुराहरु प्रस्ट राखेका छन् l
उनि अगाडी भन्छन ,विवाह वन्धनमा बाँधिदा वर र वधुले आपसमा एक अर्कालाई टिका लगाई दिन हुने ? तर त्यसपछि ,श्रीमानले मात्र श्रीमतीलाई टिका लगाईदिने ? श्रीमतीले पुजाआजा, व्रत बसे पछि पुजापाठ गरेपछि अक्षता सहितको पुजापु( पुजाको थाली) दिने र श्रीमानले आफै टिका लगाउने चलन चल्दै आएको पाईन्छ भनि लेखेका छन् l
उनि थप्दै भन्छन ,त्यो त्यती व्यवहारिक देखिदैन जस्तो लाग्छ भनि तर्क प्रस्तुत गर्छन l र अगाडी मन खोलेर भन्छन , पुजाआजा गरिसके पछि श्रीमतीले श्रीमानलाई टिका लगाई दिदा त्यसले के नै पो फरक पार्छ भनि प्रश्न तेर्स्याएका छन् ?
यस्तै संकुचित सोचबाट माथी उठ्न नसके समाज परिवर्तनको नारा केवल नारामै सिमित रहने देखिन्छ भनि नारीको पक्षमा उभिएका छन् l उनि भन्छन त्यसैले परम्परागत धार्मिक मुल्य मान्यतामा केही व्यवहारिक रुपमा परिवर्तन आउनै पर्छ भनि सबैको ध्यानाकर्षण गराएका छन् अझै पनि विभिन्न धार्मिक विरोधाभासहरु समाजमा देखिन्छ त्यसलाई समय सान्दर्भिक परिवर्तन गर्दै जानु आवस्यक छ भनि तर्क पेश गरेका छन् l
अमेरिकामा यस्ता सामजिक बन्धन तोड्ने उनि दोश्रा नेपाली मुलका व्यक्ति हुन् पुगेका छन् l गत केहि बर्ष अगाडी न्यु जर्सीमा लामो समय देखि बसोबास गर्दै आएका संचारकर्मी तथा युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगरले महिला सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मी बिष्णु माया परियार संग बिबाह बन्धनमा बाधिए l उनले आफ्नो थर नै श्रीमतीको थर राखी भूकम्प ल्याई दिए l प्रशंसा को पात्र बने l
तर उनले आफ्नी पत्नीलाई समेत आश्चर्य बनाउने हेतुले अमेरिकामा बिबाह प्रमाण पत्र लिने कार्यालयमा आफु प्रदिप थापा मगर बाट प्रदिप परियार थापा लेखि लाहा छाप लगाएको देखाई एउटा उदाहरण बनेका छन् l लेखक प्रकाश श्रेष्ठ लाई सलाम !
प्रतिक्रिया