काठमाडौं । लामो समय चलचित्र क्षेत्रमा विताई सकेका सतराज गुरुङ सिने क्षेत्रमा आफुले संगालेको अनुभव निर्माणमा प्रयोग गर्न लागेका छन् ।
नेपाली चलचित्र क्षेत्रमा एक दशक विताईसकेका कलाकार सतराज गुरुङले चलचित्र ‘मदरल्याण्ड’ निर्माण गर्ने घोषणा गरेका छन् ।
ट्याक्सी ड्राईभर, आसपास, वाणी, मामाघर, कर्तव्य, वसन्त ऋत, लगायतका चलचित्रमा अभिनय गरेका सतराजले निर्माण गर्ने चलचित्र ‘मदरल्याण्ड’को निर्देशन दयाराम दाहालले गर्नेछन् ।
अमृता फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण हुने सो चलचित्रमा स्वहित मानन्धर, निता ढुंगाना मूख्य भूमिकामा देखिदै छन् । चलचित्रको पूर्व तयारी सक्किएकोले निकट भविष्यमै छायाँकनमा जाने निर्माता गुरुङले बताए ।
प्रतिक्रिया