डा. घिमिरेद्वारा जापानमा नेपाल र लुम्बिनीको प्रवर्द्धन

इनेप्लिज २०७३ असोज २६ गते १४:३९ मा प्रकाशित

japan-nepali-1

नागोया, २६ असोज । जापानको नागोया स्थित मेजो यनिभर्सिटीमा आयोजित ‘मेजो इन्टरनेशनल फोरम’मा केञ्जो टाँगेको गुरुयोजना र लुम्विनीमा आध्यात्मिकता (केञ्जो टाँगेज मास्टरप्लान एण्ड स्प्रिच्युवालीटी इन लुम्विनी नेपाल) विषयमा डा. हिमलाल घिमिरेले कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

सन १९७८ मा जापानी प्रा. केञ्जो टाँगेले सो गुरुयोजना तयार पार्र्र्नु भएको थियो । समग्र नेपालको पर्यटकीय आकर्षणहरु, सामाजिक तथा साँस्कृतिक विषयहरुको जानकारीसहित गुरुयोजना र लुम्बिनीमा आध्यात्मिकता सम्बन्धी सो प्रस्तुतिमा मेजो यनिभर्सिटीका विद्यार्थी रेशम उप्रेतीले साथ दिनुभएको थियो ।

japan-nepali

नेपाल र जापानको दौत्य सम्बन्धको ६० बर्ष मनाई रहेको सन्दर्भमा जापानमा नेपाल र लुम्विनीको प्रबर्द्धन गर्न यो प्रस्तुति निकै सान्दर्र्भिक भएको र यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरुले नेपाल, लुम्बिनी, सगरमाथालगायत नेपाली संस्कृति र गौरबका कुराहरुलाई विश्व सामु परिचित गराउन सक्ने डा. घिमिरे बताउनु हुन्छ ।

लुम्विनी र पर्यटन विषयमा विद्यावारिधि समेत गर्नु भएका डा. घिमिरे जापान फाउण्डेसनको फेलोसिपमा नानजान युनिभर्सिटी, नागोया, जापानमा बद्धिष्ट पर्यटनः लुम्विनी र जापानको ८८ बौद्ध मन्दिरहरुको पर्यटन विषयको तुलनात्मक अध्ययन गर्दै हुनहुन्छ ।

प्रतिक्रिया