अमेरिकामा नेपालीहरुले यसरि बडा दशैं मनाए

इनेप्लिज २०७३ असोज २६ गते ११:२९ मा प्रकाशित

img_4937-1

असोज २६ ,अमेरिकामा रहेका समस्त नेपालीले हर्षोल्लासका साथ बिजया दशमी मनाएका छन् l बर्ष दिनमा आउने नेपालीहरुको सबै भन्दा ठुलो चाडलाई परदेशमा रहेका आफन्त ,ठुला बडा मान्यजनहरुबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका तथा जमरा थापी मनाएका छन् l

बिहान ८ बजेर ४५ मिनेट को शुभ साइत देखि टिका थाप्न सुरु गरेका नेपाली समुदायहरु जान सक्ने मान्यजनका घरमा गइ आशिर्बाद लिएका छन् l अमेरिकाका सबै राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले आफ्नो चाड पर्वलाई बिदेशमा नेपाल जस्तै मनोरंजन पुर्वक मनाएको समाचार छ l यस बर्षको दशैं मंगलबार काम को दिन परेता पनि अधिकांश नेपालीले बिदा लिएर भएता पनि आफ्नो संस्कृति ,परम्परा तथा चाडपर्वलाई मनाउन कुनै कसर छोडेका छैनन् l

bhawani-sharma

यसको अतिरिक्त नेपालीहरुले नेपाल जस्तै गरि पनि परिवार अनुसार घरमा पुरोहित नराख्न सकेता पनि नौ दिन सम्म आफ्ना पूजा कोठामा दुर्गा पूजा गरि किस्तीमा जमरा समेत राख्न भ्याए l बिभिन्न राज्यहरुमा पायक पर्ने मन्दिरमा गएर जमरा समेत ल्याई टिका र जमरा लगाई दिएका छन् l

विजयादशमी आफैँमा शुभ दिन भएकाले दिन भरि नै अभिभावक तथा मान्यजनका घर गै निधारमा टिका ग्रहण गरेका छन् l जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ l असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजया दशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

img_5041

अमेरिकामा दशैको दिनमा सेलरोटि ,मासुका विभिन्न परिकार,नेपाली शैलीका अचार तथा नेपाल बाट ल्याईएका चिउरा आदि ईत्यादी समेत आफु ,परिवार तथा अतिथिहरुलाई खुवाएका छन् l अधिकांश पुरुषले नेपाली पोशाक दौरा ,सुरुवाल, भाद गाउले तथा ढाका टोपीमा सजिएका देखिन्थे भने महिलाहरु पनि नेपाली शैलीका फरिया तथा पहेलो धातुका गहनामा पहेलपुर भएर सजिएका देखिन्थे l

img_4964

यसको साथै अमेरिकामा जन्मिएका बालबालिकाहरु त्यतिकै खुशी देखिन्थे भने उनीहरुलाई टिका जमरा र सौगत स्वरुप पैसा दिदा दंग परेका देखिन्थे l यसको साथी कैयौ राज्यहरुमा तास सम्म खेलेका तस्बिरहरु देखिन्थे भने जित र हारको भन्दा पनि पारिवारिक जमघटमा मनोरंजन गर्न खेलेको बताएका थिए l

अमेरिकामा पनि नेपाली समुदायले हजुरबा हजुरआमा, मातापिता ,पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनिहरुबाट ऐश्वर्य वृद्धि, तथा दीर्घायुको आशीर्वाद समेत लिए l

prakash-shrestha fullsizerender

dsc07530 dsc07578

img_4991 img_4959

ujjawal shreejana romu punya prakash parshram naden love

img_4609 dsc01823 dsc01819

lok-tiwari laxmi krishana kenny-ji kamal-bhusal img_5117 img_5100 img_5092 img_5082 img_5072 img_5046 img_5037 img_5031 img_5028 img_4991 img_4918 img_4890-1 gunraj-ji fullsizerender fullsizerender-2 fullsizerender-1 devi bishnu bimal bhawana basu banita bala arjun anuz anil

 dsc07444 dsc07458

प्रतिक्रिया