बिहीबार, भदौ ३१ २०७८
काठमाडौं २१:०५
वासिङटन डिसी 11:20

सन फ्रान्सिस्कोमा दशैको भागवत पुराणको भोली साँगे ।

इनेप्लिज २०७३ असोज २४ गते २:२४ मा प्रकाशित

img_2076

उत्तर क्यालिफोर्नियामा अक्टोवर २ तारिख देखि शुरू गरि अक्टोवर १० सम्म गरिने भनिएको श्रीभागवत पुराज्णको भोली सोमवार अन्तिम दिन हुनेछ । हाम्रो आफ्नै सामुदायिक भबन , अहिले नवनाए कहिले वनाउने,हामीले नगरे कसले गर्ने भन्ने नाराको साथ बे एरियामा लामो समय देखि बसोबास गर्दै आउनुभएका अग्रज र समाजसेवीहरूको सपना, योजना र प्रयासलाई उत्साही कर्मठ युबा युवतीहरुको सहयोग र समर्थन तथा साथका कारणले यो परियोजना करिब अन्तिम चरणमा पुग्दैछ । उक्त परियोजनालाई मुर्त रुप दिन ठूलो धनराशीको आबस्यक्ता परेकोले हरेक तह, तप्काका साथै संघ र संगठनले श्रोत परिचालन गरेर उक्त धनराशीको जोहो गर्ने अभियानमा जुटेका छन् ।

यही अभियान अन्तर्गत नेपाली कम्युनिटी सेण्टरको सहयोगार्थ विजया दशमी २०७३ को पावन अवसरमा अक्टोबर १ शनिबार देखि १० अक्टोबर सोमवार भोलीसम्म एनसिसी द्वारा आयोजित घटस्थापना र दुर्गा पूजा गरि श्रीमद देवीभागवत महापुराण महायज्ञको भोली सोमवार अन्तिम दिन हुनेछ । व्यासाचार्य प्राध्यापक चूडामणि शास्त्री ज्यूबाट मीठो कथा प्रवचन एवं प्राध्यापक श्री धर्मराज कोइराला ज्यूबाट रसयुक्त पाठ पारायणले भक्त जनलाई आनन्दित तुल्यायो । साथै वे एरियाका उत्कृष्ट कलाकारहरु द्वारा भव्य भजन कीर्तनले सम्पूर्ण भक्त जनहरूलाई ननचाई छाडेन । त्यसैले भोली अन्तिम दिनको दिन आई तन मन धनले सहयोग गर्दै महायज्ञ सफल पार्न एनसिसी परिवार हार्दिक अनुरोध गर्दछ ।
भोली सोमवार श्रीमद देवीभागवत महापुराण महायज्ञको प्रारम्भको अन्तिम दिन भएकाले भोली धूमधामसँग सांग्य गरिने छ । त्यसैले वे एरिया वासीमात्र नभई अमेरिका भरिनै रहनुभएका नेपाली भक्त जनहरूलाई उक्त पुराणको सांग्यमा उपस्थित भई शोभा वढाउनहुन हार्दिक अनुरोध गरिन्छ । भोली सोमवारका दिन ६५ वर्ष पुरा हुनुभएका वुवा आमालाई सम्मान गर्ने कार्यक्रम भएकाले ६५ वर्ष पुरा हुनुभएका तथा त्यस भन्दा पनि माथिका सवै महानुभावलाई पनि उक्त साँग्यमा पाल्नुहुन अनुरोध गरिन्छ । हिन्दु परम्परा अनुसार श्रीमद् भागवत पुराणको जमरा दशैको टिकामा घरमा लगेर टीका लगाएमा दशैको आफूभन्दा ठूलाले दिएको आसिर्वाद लाग्ने विश्वास छ त्यसैले पुराणको जमरा पनि घरमा मंगलवार आई लानहुन अनुरोध गरिन्छ ।

स्थान — 3596 ponderosa trail, pinole CA 94564

आयोजक:
प्रस्तावित सामुदायिक भवन तयारी समिति
अनुष्ठान स्थान :
3596 Ponderosa trail
Pinole, CA 94564
Date: 10/01/2016 जमरा राख्ने र पुजा अर्चना।
Date: 10/02/16 to 10/10/2016 : देबी भागवत पुराण बाचन
Time : 10 AM to 7 PM
पुराणका अबसरमा पाल्नु भएका श्रद्धालु भक्तजनहरुलाई सामन्य चिया चमेनाको पनि ब्यबस्था गरिने छ ।

img_2075 img_2074

प्रतिक्रिया