यो बर्षको दसैंमा राजेशपायल राईले सिकागोलाई नचाउने

इनेप्लिज २०७३ असोज २३ गते ३:१६ मा प्रकाशित

rajesh-payal-rai-1-650x366

सिकागो । अत्यधिक युबालार्इ नचाउन सफल गायक राजेशपायल राई यसवर्षको बडादसैंमा स्टेज प्रोग्रामको लागि सिकागो आउने भएका छन् ।

अमेरिकाको सिकागो शहरमा रहेको एउटा मात्र नेपाली समुदायको साझा संस्था सिकागोल्यान्ड फ्रेन्ड्शिप सोसाइटिको आयोजनामा अक्टोबर ९ मा हुन लागेको कल्चर प्रोग्रामको लागि राइलार्इ झिकाइएको आयोजकहरुले बताएका छन् ।

त्यसो त राई नेपाली कलाकार मध्य स्वदेश तथा बिदेशका अत्यधिक स्टेज प्रोग्राममा फ्यान तथा दर्शकहरुलाइ नै आफूले गाउन लागेको गीत गाउन लगाउने र फ्लोरमा झरेर गाउँदा गाउँदै आफै पनि नाच्ने गर्छन ।

लामो कपाल, हिस्सी र चक्लेटी परेको अनुहार भएकोले पनि अविवाहित युबा युबतीहरुको रोजाइको पहिलो नम्बरमा राई पर्ने गरेका छन ।

नेपाली फिल्म क्षेत्रका करिब ९० प्रतिशत र अन्य गीत गरि करिब दश हजार भन्दा बढी गीत तथा संगीत गरेका राइलार्इ देश तथा बिदेशमा महंगा कलाकार भनेर समेत गनिन्छन ।

राईले स्वयम् आफूलाइ ‘राई इज किंग’ भनेर संगीत क्षेत्रको राजा भएको सगौरब लेख्ने र बताउने गर्दछन । उनले आफ्नो फेसबुक पेज थुप्रैले चलाए पनि आधिकारिक पेजलार्इ राई इज किङ भनेर राखेका छन् ।

नेपाल बाहेक अमेरिकादेखि युरोप, अस्ट्रेलिया लगायत संसारका धेरै मुलुक घुमेका रार्इले करिब ४० वटा मुलुकमा डेढ सय जति कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेको बताउछन । दर्शन नमस्ते उनका फ्यानहरु र उनलार्इ समेत सबैभन्दा मन पर्ने गीत हो । यो गीतमा अहिले सम्म उनले २० लाख मान्छेलार्इ नचाएको सहयोगी कमल राइले बताए ।

राई यो सालको दसैंलार्इ अमेरिकामा धमका मच्चाउनको लागि जान लागेको कमल बताउँछन । अक्टोबर ८ मा सिन्स्यान्याटी ओहायो हुँदै ९ मा सिकागो १५ मा कोलोराडो २२ मा ओरेगन २९ मा कन्साश र ३० मा साउथ देकोटामा फिक्स भएको छ ।

सिकागोमा हुन लागेको कार्यक्रमको लागि मेचिगन, इन्डियाना, विस्कन्सन र आइयोबासम्मका आफ्ना फ्यान्हरु तथा साथीहरुलार्इ यो बर्ष ती ठाउँमा प्रोग्राम दिन नभ्याउने भएकोले ९ तारिकमा सिकागो मै भेटघाट गर्ने गर्ने गरि तारतम्य मिलाएका छन राइले । ती ठाउँका साथीहरुले टिकट चाहियो भन्दै फोन गर्न थालेको छ सांगीतिक प्रोग्रामका संयोजक मीन दर्लामीले बताए ।

अक्टोबर ९ मा साँझ ६ बजेदेखि १२ बजेसम्म देभानस्थित नर्थ्सोर बैन्कट हलमा सञ्चालन हुने कार्यकमको लागि खानासहित ३० डलरको टिकट दर राखिएको छ । टिकट संस्थाको वेबसाईटमा रहेको पे पलबाट पनि लिन सक्ने ब्यबस्था गरिएको छ ।

प्रतिक्रिया