रेखा थापाले विवाहको मिति सार्वजनिक गरिन्, मंसिरमा दोस्रो विहे गर्ने

इनेप्लिज २०७३ असोज १९ गते २२:५४ मा प्रकाशित

rekha-thapa-in-us-glamour-photo-shoot-1-1-555x335

काठमाडौं । चर्चित नायिका रेखा थापाले आउँदो मंसिरमा नयाँ घरजम गर्ने तयारी गरेको बताएकी छन् ।
आफ्ना एक अन्तर्वार्तामा नायिका थापाले आउने मंसिरमा विहे गर्ने तयारी रहेको बताइन् । तर हुनेवाला पतिको नाम चाहीँ खुलाउन चाहिनन् ।
हुनेवाला पति को त भन्ने पत्रकारको जिज्ञासामा, उनले नाम अहिले नभनौं तर पेशा चाहीँ चलचित्र क्षेत्रको भन्दा बाहिरको हो, विहेपछि थाहा भइहाल्छ नि भनेर बात मारिन् ।
यसअघि नै रेखाले आफूले विगतलाई सम्मान गर्दै अर्को विहे गर्ने तयारीमा रहेको बताइकी थिइन् ।
उनका पूर्वपति छवि ओझाले दशैंको टिकाको साइतमा नवनायिका शिल्पा पोखरेलसँग विहे गर्ने खबर बाहिर आइरहेका बेला रेखा थापाले पनि आफ्नो विहे मंसिरको पहिलो साता हुने खुलासा गरेकी हुन् ।
छविराज ओझासँग आफ्नो विहे नभएको समेत रेखाले दावी गरिन् ।

प्रतिक्रिया