जापानमा “नेवा:भ्वय डान्स पार्टी ””सम्पन्न

इनेप्लिज २०७३ असोज १९ गते १:०० मा प्रकाशित

wno-logo
टोकियोको आकाशाका मण्डलाको डी जे हलमा गत अक्टोवर २ तारिख आईतवार “नेवा:भ्वय डान्स पार्टी ””सम्पन्न भएको छ l वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले आइतवार बेलुकी ५ बजेदेखि १० बजेसम्म जापानमा नै पहिलो पटक आयोजना गरेको हो ।
विशेष गरि नेपाली युवा पुस्ताहरुको इच्छा र आकांक्षालाई मध्य नजर गर्दै जापानको व्यस्त, थकाई र मानसिक तनावहरुलाई दुर गर्नकासाथै एक आपसमा सम्पर्क बिस्तार गर्नका निम्ति यस अर्गनाईजेशनले जापानमा पहिलो पटक नेवा:भ्वयसंगै डान्स पार्टीको शुरुवात गरिएको थियो l
नेवा: भोजमा निम्न नेवा: परिकारहरुको स्वादको मज्जा लिन पाएको थियो जुन अत्यन्त स्वादिस्ट थियो l
१ ) मुस्या पालु २)हाकु छोएला ३ )त:खा: ४)सन्या:कुन्या: ५)छ्वों क्वा :६) भुति वाला ७ )खसिया दा:कुला ८ ) लैं चुँ अचार ९ )खा:या ला १० )खसीया भुटन ११)सिम्पू क्वा :१२ )मि क्वा :१३)बजी १४ ) जुजु धौ नेपाली डिजे-नरेन्द्र कुमार शाक्यको डिजेइंग तालमा नाच्दै, नेवा:भ्वय परिकारको साथमा साथि भाइ संग रम्दै अक्टोवर २ को दिन उपस्थित भइ कार्यक्रम सफल पारिदिनु भएकोमा वर्ल्ड नेवा:अर्गनाईजेशन जापानकी प्रतिनिधि ईन्दिरा राजभन्डारी सुजुकीज्युले हार्दिक धन्यवाद ब्यक्त गर्नु भएको छ l यसैगरी स्थानीय कलाकारहरु सकुल प्रजापति ,अनिल कुमार शाक्य ,प्रकाश लाल श्रेष्ठ तथा अन्य साथीहरुले आ -आफ्नो कला प्रस्तुत गर्नु भएको थियो l हामीले हाम्रो भाषा संस्कृतिलाई प्रबर्द्वन गर्न यस्तै कार्यक्रमहरुको निरन्तरता दिनु पर्नेमा सस्थाका प्रतिनिधि प्रकाश लाल श्रेष्ठज्युले जोड दिनु भएको थियो l

13432160_847564258681509_1554860944600991636_n

आफ्नो मन्तब्य दिने क्रममा संस्थाका प्रतिनिधि जनक राज शाक्यज्युले वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले भाषा संस्कृतिलाई प्रबर्द्वन गर्ने मात्र नभई रचनात्मक कार्यका साथै नेपालमा शैक्षिक क्षेत्रमा आर्थिक सहयोग गर्ने र संसारभर बिदेशमा रहेका साथीहरुलाई सहयोगका लागि प्रोत्साहन गर्ने योजना रहेको कुराको जानकारी दिनु भयो l हामी बिदेश र नेपालमा रहेका सम्पूर्ण साथीहरुले नेपालमा आर्थिक, ज्ञान र सीपको सहयोग गरि नेपालमा रोजगारको सृजना गर्नु पर्नेमा संस्थाका प्रतिनिधि सुनिल कुमार शाक्यज्युले आफ्नो बिचार राख्नु भएको थियो l

त्यस्तै दिपेश श्रेष्ठ ,सिल्की मानन्धर ,सुबेन श्रेष्ठ,अनिल कुमार शाक्य ,संजु श्रेष्ठ ,राम भक्त जोशी ,निकेश श्रेष्ठ ,सकुल प्रजापति ,उत्तम श्रेष्ठ तथा शर्मिला शाक्यज्युले शुभकामना संदेश दिंदै आ – आफ्नो बिचार राख्नु भएको थियो l निकट भबिस्यमा वर्ल्ड नेवा: अर्गनाईजेशन जापानले नेवा:फुड स्यो को आयोजना गर्ने कुराको जानकारी संस्थाका प्रतिनिधि सबिता श्रेष्ठ ज्युले दिंदै उक्त दिनको कार्यक्रमको समापन गरिएको थियो l

प्रतिक्रिया