भुवनलाई जियाले सिँगल बस्नै नदिने

इनेप्लिज २०७३ असोज १८ गते २२:३१ मा प्रकाशित

sirlanka-pm

काठमाडौं, १८ असोज । सदाबहार नायक तथा निर्माता भुवन केसीले यो वर्षको दशैं सिँगापुरमा नै मनाउने भएका छन् । अहिले नायक तथा निर्माता केसीको क्रेज नेपाली सिने नगरीमा ह्वात्तै बढेको छ ।

एकपछि अर्को सफल चलचित्र दिएर नेपाली दर्शकमा लोकप्रिय बनेका नायक केसी स्त्रीसँगको सम्बन्धको मामिलामा पनि उतिकै जोडिएर आउने अर्को नाम हो । हो, उनै नायक केसी यतिवेला दशैं मनाउनको लागि नायिका जिया केसीका साथ सिँगापुर उडेका छन् ।

कुनैबेला जियाले आफु भुवनसँग बिबाह गर्न तयार रहेको बताउँदा त्यसलाई मजाकका रुपमा लिइएको थियो । जीया र भुवनलाई थुप्रै पटक एकसाथ सार्वजनिक कार्यक्रममा देखिए पनि प्रेम सम्बन्धबारे स्वीकार गरेका छैनन् । छोरा अनमोल भने बुवाको यो सम्बन्धलाई लिएर त्यति खुशी छैनन् ।

जीयाले भने भुवनलाई एक्लो देख्न नसकेर माया गरेको र बिहे गर्न पनि तयार रहेको बताउँदै आएकी छिन् । तर, भित्रभित्रै उनीहरुवीचको प्रेम यति गहिरो बन्दै गइरहेको छ कि जियाले भुवनकै घरमा अड्डा जमाउन थालेकी छिन् । बिश्वस्त सूत्रहरुका अनुसार भूवन केसी र जीया केसी लामो समयदेखि ‘लिभिङ टूगेदर’मा छन् ।

तस्विर : ग्ल्यामर नेपाल 

प्रतिक्रिया