काठमाडौं । हाँस्य व्यङ्ग्य कलाकार हरवंश आचार्यका कान्छा छोरा मोहितवंश आचार्यको काभ्रेको एक रिसोर्टमा शनिबार काभ्रे निवासी विन्दु थापासँग इन्गेजमेन्ट भएको छ । काठमाडौंमा डेन्टल विषय अध्ययन गरिरहेकी विन्दु र मोहितबीच मागी विवाह हुन लागेको हो । विहेको मिति भने तय गरिएको छैन्, मोहितको भनाइ अनुसार अमेरिकामा रहेका उनका आफ्ना दाई त्रिलोकको छुट्टी मिलेपछि विहेको मिति तय हुनेछ ।
प्रतिक्रिया