निर्देशक गङ्गाद्वारा निर्देशित गित चंचल चंचल सार्वजनिक

इनेप्लिज २०७३ कार्तिक १३ गते २३:४२ मा प्रकाशित

swiss

लामो समय देखि स्पेनको बिलबाओमा आफ्नो कर्मथलो बनाउदै आएका उदयमान निर्देसक गंगा राम सापकोटाले नयां गितको भिडियो लिएर आएका छन् । यूरोपमा आफ्नै प्रोडक्सन उस उमारों क्रिएसन प्रोडक्सन हाउस खोलेर बिगत केहि समय देखि बिभिन्न गीतको भिडियो छयांकन सम्पादन निर्देशन समेत गर्दै आएका छन् ।

बहुमुखी प्रतिभाका धनि निर्देसक गंगा अहिले युरोपमा चलेको र चर्चित नाम बन्न पुगेको छ । परिश्रम गर्न रुचाउने र आफ्नो कामबाट दर्शकहरुलाई मन्त्र मुग्ध बनाउने सापकोटाले भर्खर अगाडी मात्र गायक तुलसी सिवाकोटीको २ वटा गित `आमा मेरी आमा` र `इन्टर्नेट`ले धेरै नै चर्चा कमाएको थियो र त्यहि गीतको चर्चा संग संगै सापकोटाको दिनप्रतिदिन माग बढिरहेको बताउछन । यसै क्रमलाई निरन्तरता दिने क्रममा गायिका पेम्बा छोटी शेर्पाको `चंचल चंचल` बोलको गीतको भिडियो लिएर आएका छन् ।

आफ्नै निर्देशन छायांकन र सम्पादनमा बनेको भिडियो बिल्बाओको बिभिन्न रमणीय ठाउंहरुमा छायांकन गरिएकोछ । गायिका पेम्बा छोटी शेर्पाको एल्बम सेलोमा रहेको र जुन गितलाइ मुजिक र शब्द शिवराज गुरुङको रहेको छ भने ब्यबस्थापन विकास गुरुङको । यस गितलाइ अगाडी जस्तै मन पारिदिनु हुन्छ भन्नेमा निर्देशक र गायिका ढुक्क हुनुहुन्छ । यस गीतमा भने रोशनी र सगरको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=ky2-eco95sY

प्रतिक्रिया