धुर्मुस-सुन्तलीले यसरी हस्तान्तरण गरे गिरान्चौर बस्ती (फोटो र भिडियोसहित)

इनेप्लिज २०७३ कार्तिक १२ गते १२:५३ मा प्रकाशित

giranchaur_handover

काठमाडौं, १२ कात्तिक । वैशाख २९ गतेदेखि निर्माण सुरु गरिएको मेलम्ची ८, सिन्धुपाल्चोकस्थीत गिरान्चौर एकिकृत नमुना बस्ती भूकम्प पिडितलाई हस्तान्तरण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा ६५ परिवार गिरान्चौरबासी परिवारका लागि भूकम्प प्रतिरोधात्मक घर हस्तान्तरण गरिएको हो । एकीकृत नमूना बस्तीमा रहेका तीनवटा ब्लक तीनजना, राष्ट्रपति विद्यादेवी भण्डारी, धुर्मुसका बुवा आमा र सुन्तलीका बुवा आमाबाट समुदायलाई हस्तान्तरण गरिएको छ । हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले यस अघि काभ्रेमा १९ परिवार भूकम्प पिडितका लागि एकिकृत बस्ती निर्माण गरिसकेका छन् ।

girachaur_handover

२३ घर, दुईटा चिल्ड्रेन पार्क, एउटा पार्किङ र दुईटा सार्वजनिक धारा रहेको ब्लक ‘ए’ राष्ट्रपति भण्डारीले समुदायलाई हस्तान्तरण गरिन्। २७ घर, चार चिल्ड्रेन पार्क, दुई सार्वजनिक शौचालय र चार सार्वजनिक धारा रहेको ब्लक ‘बी’ सीतारामका बाआमाले संयुक्त रुपमा समुदायलाई हस्तान्तरण गरे। त्यस्तै १५ घर, खेल मैदान र शितल ताप्ने चौतारी, एक चिल्ड्रेन पार्क, दई सार्वजनिक धारा रहेको ‘सी’ ब्लक कुञ्जनाका बाआमाले साँचो समुदायलाई बुझाएर हस्तान्तरण गरेका छन्।

girachaur_

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले धुर्मस र सुन्तलीले कलाकारको धर्म र कर्म चिनाएको भन्दै उनीहरूको कामबाट राष्ट्रले सिक्नुपर्ने बताएकी छिन् । पहाडी भेगमा पूर्वाधार विकास लागि उनीहरुले गरेको काम अनुकरणीय रहेको उनको भनाई थियो । धुर्मुस सुन्तलीलाई हौसला दिन गिरान्चौर पुगेका मह जोडीले पनि उनीहरुको कामको निकै प्रशंसा गरेका छन् ।

girachaur1

यस्तै, सिताराम कट्टेल (धुर्मुस)ले आम नागरिकको साथ र सहयोग भएमा देश बनाउने अभियान सुरु गर्ने बताएका छन् । बस्ती मात्र होइन यहि मोडलमा अघि बढे देशले नै मुहार फेर्न सक्ने उनले बताएका छन् । हस्तान्तरण कार्यक्रममा भाग लिन मह जोडीसहित विभिनन् कलाकारहरूको समेत सहभागीता रहेको थियो ।

giranchaur_maha

कार्यक्रममा फाउन्डेसनले ५ करोड १३ लाख ८५ हजार १ सय ८७ रुपैयाँमा एकीकृत बस्ती निर्माण भएको जानकारी दिएको छ। फाउन्डेसनका अनुसार बस्ती बनाउन जनस्तरबाट ६ करोड १७ लाख १ हजार १ सय ३९ रुपैयाँ संकलन भएको थियो। कुल लागतमध्ये ४ करोड ५२ लाख ४४ हजार २ सय ८७ रुपैयाँ भूक्तानी भइसकेको छ। ६१ लाख ४ हजार ९ सय रुपैयाँ तिर्न बाँकी रहेको जानकारी गराइएको छ। बस्ती हस्तान्तरणसँगै भूकम्पपीडित स्थानीयले यो तिहार आफ्नै घरमा मनाउँदैछन्।

हेर्नुस् भिडियोः

प्रतिक्रिया