केन्द्रलाई आर्थिक सहयोग

इनेप्लिज २०७३ कार्तिक १० गते १२:५२ मा प्रकाशित

dsci5992

रत्ननगर १० कार्तिक
गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ वालवालिकालाई खाद्यान्न खरिदको लागि आर्थिक सहयोग गरिएको छ । डेनमार्क नेपाल डटनेटका सञ्चालक शशी श्रेष्ठले आफनो छोरा सिलेश श्रेष्ठको दोश्रो जन्मदिनको अबसरमा केन्द्रलाई १० हजार सहयोग गरेका हुन । केन्द्रमा आज मंगलवार आयोजित कार्यक्रममा एनआरएनका केन्द्रीय सदस्य सोम सापकोटाले सो रकम केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा चितवन युवा समुहका अन्र्तराष्टिय समन्वय परिषद्का अध्यक्ष मुक्ति प्रसाद अधिकारी,उपाध्यक्ष बुद्धिराज अर्याल,चितवन समाज इजरायलका महासचिव नयन सापकोटा,चितवन समाज साईप्रसका सह सचिव कविता ढकाल,सदस्य ओममाया तामाङ,चितवन समाज कतारका सुमन भारती,रत्ननगर ८ स्थित वाल क्लवकी अध्यक्ष युनिकाल ढकाल लगायतले मन्तब्य राखेका थिए । बक्ताहरुले आफुहरु देश विदेश जहा रहेपनि चेपाङ उत्थान अभियानको नेतृत्व गरिरहेको संरक्षण केन्द्रलाई सहयोग जारी राख्ने बताएका थिए ।

dsci5990

प्रतिक्रिया