शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०५:०५
वासिङटन डिसी 18:20

कराते निर्णायक प्रशिक्षक भट्टराई कर्म थलो फर्किए

इनेप्लिज २०७३ कार्तिक ८ गते १०:५२ मा प्रकाशित

saroj-bhattaraiगत मे महिनाको २४ तारिख देखि अक्टोबर १९ तारिख सम्म करिब ५ महिना लामो नेपाल भ्रमण पुरा गरि निर्णायक प्रशिक्षक सरोज भट्टराई अमेरिका फर्किएकाछन् l नेपाल भ्रमणका क्रममा भट्टराईले नेपाल आर्मी राष्ट्रिय टिम , नेपाल आर्म पुलिस राष्ट्रिय टिम , बालाजु कराते डो प्रतिष्ठान , नारायणी अञ्चल टिम , काभ्रेपलान्चोक , बनेपाका टोलि लाइ प्रशिक्षण गराएका थिए l

यसै गरि नेपाल कराते महासंघको आयोजनामा गण्डकी अञ्चलको सुन्दर पर्यटकीय नगरी पोखरामा भदौ २५ गते देखि ३० गते सम्म आयोजित पाँचौ बृहत राष्ट्रिय कराते रेफ्री रिफ्रेसर एबम सेमिनारमा बिशेषज्ञ प्रशिक्षकको रुपमा मनोनयन भै करिब ४०० जना निर्णायक रेफ्री सहभागीहरुलाइ उनकै नेतृत्वमा प्रशिक्षण गराई नेपाल करातेमा राष्ट्रिय निर्णायक उत्पादनमा गर्न अतुलनिय भूमिका निर्बाह गरेकाछन् l

निजले सन् २००१ देखि नेपाल कराते महासंघ को राष्ट्रिय रेफ्री काउन्सिलमा रही लगातार रुपले राष्ट्रिय रेफ्री जज उत्पादनमा महत्वपुर्ण भूमिका निर्बाह गरिरहेकाछन l

लामो समय पछि नेपाल फर्कदा पनि नेपाल र नेपाली खेलकुदले अत्यन्तै माया एबम स्वागत गरेकोमा उनि नेपाल कराते एबम सम्पूर्ण खेल कर्मीहरु प्रति आभारी रहेको बताउदै भविष्यमा पनि नेपाल र नेपाल करातेको प्रबर्धनमा सदैब लागि रहने समेत बताएकाछन् l

प्रतिक्रिया