लंगआईलेण्डमा मा कार्यक्रम संम्पन्न ।

इनेप्लिज २०७३ कार्तिक ८ गते ६:४० मा प्रकाशित

img_1561

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले नेपालको संविधान कार्यान्वयनको अन्तिम चरणमा रहेको वताउनुभएको छ । जस अन्तर्गत आगामी २०७४ माघ ७ भित्र रास्टिय र स्थानीय चुनाव गरिने गरिने , त्यसको लागी असन्तुस्ट पक्षका माघ समेटीने गरी  संविधान संसोधन को प्रकृयामा सरकार र राजनैतिक दलहरु लागेको र सवै समस्याको समाधान सहमति र सहकार्य वाट गरिने वताउनु भएको छ ।एमाले को नेतृत्वको सरकार संविधान कार्यान्वयन भन्दापनी जनता लाई भुलाउने, हावादारी आश्वासन दिने र एकोहोरो हिसावले अघिवढेको हुदाँ  देश लाई अप्ठेरो वाट वचाउन  उसलाई सत्तावाट हटाईएको र माओवादि संग गठबन्धन गरिएको भएपनि नेपाली कांग्रेसले सहकार्य र एकतालाई सधैं प्राथमिकता मा राखेको वताउनु भयो ।

img_1566

लोकमान सिंह कार्कि का संदर्भमा भनाई राख्दै नेता रिजालले  उनको अतिवाद र सर्वसत्तावाद ले सिमा नागेको र म नै ठूलो हुँ भन्ने प्रवृति लामो समय नटिक्ने वताउदै उनको विषयमा नेपाली कांग्रेस का सांसदले कुरा उठाउँदा मौन वस्ने र हाल सर्वोच्च अदालतले  लोकमान लाई निचोरेर गलाई रहेको अवस्थामा संसदमा विषय प्रवेस गराउनु एमाले र माओवादि को वैमानी  र जनताको आखामा छारो हाल्ने खेल भएपनि लोकमान सिंह हटाउने प्रकृयामा नेपालि कांग्रेस आँफै अग्रसर हुने वताउदै सोहि अनुरूप छलफल अगाडि वढेको वताउनु भयो ।

img_1575-1

अमेरीकामा देखिएको जनसंपर्क समितिको विवाद सम्वनधमा भनाई राख्दै पुर्व सांसद समेत रहनु भएका नेता रिजालले कुनै पनि नेता वा नेतृत्व सर्वमान्य , सर्व स्वीकृत हुन नसक्ने भएकोले पर्कृयागत र विधि विधान अनुसार निर्वाचित नेतृत्वलाई सवैले मान्नु  पर्ने र नेतृत्वले पनि सवैलाई मिलाएर लैजानु पर्ने वताउनु भयो ।अमेरीका जस्तो मुलुकका विभिन्न राज्यमा  जनसम्पर्क समितिको शाखा विस्तार गरि नेपालि हरुको हितमा काम गरेको देख्दा खुसि लागेको वताउदै केन्दिय सदस्य रिजालले जनसंपर्क समितीका अगुवा हरुले यहाँको विभिन्न नेपालि संघ संस्थामा नेतृत्व गरेको पाउंदा गौरव लागेको वताउनु भयो ।

img_1579

नेपाली जनसंपर्क समिति लंगआईलेन्ड च्यापटरका सभापति विश्वराज वास्तोलाको सभापतित्वमा संचालन भएको कार्यक्रममा नेपालि जनसंपर्क समिति अमेरीकाका सभापति आनन्द विस्टले संगठन भित्र काम गर्दा केहि समस्या हरु आउनु स्वभाविक भएको र सवै समस्या विधान सम्मत रुपमा आपसी सहमति र समन्वयमा गरिने र वाहिर देखए जस्तो ठुलो नभएको वताउनु भयो ।संगठनविभाग प्रमुख तथा महासमिति सदस्य वेद प्रसाद खरेल , केन्द्रिय सदस्य द्वय पिताम्बर भुसाल र परमानन्द खनाल , सल्लाहकार हरीनारायण साप्कोटा , नेपाली जनसंपर्क समिति पोर्चुगलका उपसभापति तिलक गैह्रे , रिजउड नेपालि समाजका अध्यक्ष रवि किरण कोइराला , लंग आईलेण्ड च्याप्टरका कोषाध्यक्ष  शिव वानिया ,सदस्य तिलक खड्का लगायतले समसामयिक विषयमा आफ्नो धारणा राख्नु भएको उक्त कार्यक्रम मा महामानव वींपी कोईरालाको फोटोमा माल्यार्पण तथा नेपालको प्रजातान्त्रीक आन्दोलनमा दिवंगत हुनुभएका ज्ञात अज्ञात सहिदहरु को समझनामा एक मिनेट मौन धारण गरिएको थियो ।

img_1589 img_1601 img_1603

प्रतिक्रिया