शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ००:५९
वासिङटन डिसी 14:14

उपराष्ट्रपति पुनद्वारा तमु सार्क सम्मेलन उद्घाटन

इनेप्लिज २०७३ कार्तिक ७ गते १३:१९ मा प्रकाशित

nanda-bahadur-punइटहरी, ७ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त नयाँ गणतान्त्रिक संविधानलाई सबैको अपनत्व गराउन तोकिएकै समयमा स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल एकै ठाउँमा बस्नुपर्नेमा जोड दिनुभएको छ ।

उपराष्ट्रपति पुनले आज सुनसरी जिल्लाको धरानमा तमु ह्युल छोँज धी गुरुङ राष्ट्रिय परिषद्ले आयोजना गरेको दुईदिने ऐतिहासिक प्रथम तमु सार्क सम्मेलनको उद्घाटन गर्दै उहाँले पछि बोल्नुहुँदै उपराष्ट्रपति पुनले असन्तुष्ट पक्षलाई समेत संविधानप्रति आश्वस्त गराउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले सबै राजनीतिक दलबीच आपसी सहमति सहकार्य र एकताका माध्यमबाट मुलुकलाई आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपमा सम्पन्न गराउन संविधानको सफल कार्यान्वयन हुनु जरुरी रहेकातर्फ सबैको ध्यान जान जरुरी छ भन्नुभयो ।

देश र जनताप्रति इमान्दार भएर अबको १५ महिनाभित्र स्थानीय, प्रदेश र केन्द्रीय तहको चुनाव सम्पन्न गराएर संविधानको सफल कार्यान्वयन भएको कुरालाई अघि बढाई प्राप्त उपलब्धिको संस्थागत विकास गर्नेतिर अघि बढ्न उपराष्ट्रपति पुनले शीर्ष नेताहरुलाई आग्रह गर्नुभयो ।

उहाँले संविधानले दिएको अधिकारलाई उपयोग गरी विविध भाषा, धर्म, संस्कार, संस्कृति र पहिचान भएका आदिवासी, जनजाति आदिको सहिष्णुताले विश्वमा शान्तिपूर्ण देश भनेर पहिचान बनाएको नेपालको त्यो महिमालाई शिखरमा पु¥याउन सकिने धारणा राख्नुभयो ।

तमु (गुरुङ) समुदायले नेपालको पहिचानलाई विश्वभर फैलाउने कार्यमा महत्वपूर्ण भूमिका खेलेको उपराष्ट्रपति पुनले उल्लेख गर्नुभयो ।

सम्मेलनमा नेपाललगायत भारत, बर्मा, भुटान, संरा अमेरिका र खाडी मुलुकबाट आएका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा उपराष्ट्रपति पुनले श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ पूर्वप्रधानसेनापति छत्रमान गुरुङ, पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घले, भारत सिक्किमका मन्त्री गर्जमान गुरुङलगायतलाई सम्मान गर्नुभएको थियो ।

तमु ह्यूल छोँज धी गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ, नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङ, नेकपा (एमाले)का नेता पर्शुराम गुरुङ, तमुछोँज धी भुटानका अध्यक्ष राजमान गुरुङलगायतले गुरुङ् जातिका बारेमा बोल्नुभएको थियो ।

प्रतिक्रिया