बिहीबार, असार १० २०७८
काठमाडौं ०३:०४
वासिङटन डिसी 17:19

वैद्य माओवादी पनि लोकमानविरुद्ध उभियो

इनेप्लिज २०७३ कार्तिक ७ गते १०:०३ मा प्रकाशित

baidhya-mohan-650x410काठमाडौँ, ७ कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी) अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोगका प्रस्तावका पक्षमा उभिएको छ ।

माओवादीका प्रवक्ता हरिभक्त कँडेलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ – “हाम्रो पार्टी सरकार, सत्ता वा सरकारी सेवामा रहेका कुनै पनि व्यक्तिबाट पदको दुरुपयोग तथा भ्रष्टाचार गरिएको स्थितिमा त्यस प्रकारका व्यक्तिहरुमाथि अनुशासनको कारबाही हुनुपर्ने कुरामा दृढ रहेको कुरा यसै वक्तव्यमार्फत सार्वजनिक गर्दछ ।”

प्रतिक्रिया