ठूलो परिमाणका विस्फोटक पदार्थ नष्ट

इनेप्लिज २०७३ कार्तिक ७ गते ९:५२ मा प्रकाशित

bispotधनगढी, ७ कात्तिक । कैलाली जिल्लाको सीमा क्षेत्रबाट प्रहरी टोलीद्वारा बरामद गरिएका करिब रु एक लाख मूल्य बराबरको एक क्विन्टल विस्फोटक पदार्थ एवम् पटाका आज यहाँ नष्ट गरिएको छ ।
तिहार नजिकिँदै जाँदा सीमा क्षेत्रबाट लुकिछिपी रुपमा विस्फोटक पदार्थ भित्रिन थालेपछि प्रहरीले यसको आयात रोक्न सीमामा कडाइ गरेको छ ।

प्रतिक्रिया